Websoft University

www.radiomakalu.com || 021-522512


चुडामणिसहित तीनविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता : अख्तियारद्वारा झण्डै ३३ अर्ब दाबी



काठमाडौं, साउन १ गते ।    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको लगातार तेस्रो दिनको प्रयासपछि आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यसअघि बिहीबार नै मुद्धा दायर गर्ने प्रयास गरेको थियो । शुक्रबार शर्मालाई बिशेष अदालतमा पुर्याइएपनि मुद्धा दायर हुन सकेको थिएन ।


अख्तियारले शर्मासहित कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध प्रतिव्यक्ति १० अर्ब ९६ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आईतबार मुद्दा दर्ता गरेको हो ।


अख्तियारको आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ । उता, अख्तियारले उनीहरुविरुद्ध विस्तृत छानबिन सुरु गरेयता आयोग अध्यक्ष महत र सदस्य ढकाल फरार छन् । सदस्यसचिव शर्मा भने हिरासतमा छन् ।


यता, चूडामणि शर्माकी पत्नी कल्पना उप्रेतीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पनि सुनुवाई जारी छ । शुक्रबार रिट निवेदकतर्फका वकिलले बहस गरेका थिए भने आइतबार अख्तियारतर्फका वकिलले बहस गर्दैछन् । - रातोपाटी संवाददाता

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget