Websoft University

www.radiomakalu.com || 021-522512


१५ दिनमा ठेक्का तोडिने चेतावनी पाएपछि ठेकेदारले सडकको काम सुरू गरे

१५ दिनमा ठेक्का तोडिने चेतावनी पाएपछि ठेकेदारले सडकको काम सुरू गरे

तेह्रथुम, असार ३१ गते  । सिधुवा(शुक्रबारे सडक खण्डमा काम नगर्ने ठेकेदार कम्पनीलाई प्रशासनले १५ दिनमा ठेक्का ताडिने चेतावनी दिएपछि सडक स्तरोन्नतिको काम पुनः सुरु भएको छ । काम छाडेर सम्पर्क ्िवहीन भएको ठेकेदार कम्पनीलाई १५ दिन भित्र सन्तोषजनक काम नभए कारवाही गर्ने भनेपछि चार महिनादेखि रोकिएको सडक स्तरोन्नतिको काम सुरु भएको हो । सम्झौता अवधि भित्र प्राविधिक कारणवश काम गर्न नसके पनि यथासिघ्र सडकको काम सिध्याउने गरी काम थालेको निर्माण कम्पनी वाइपी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।


प्राबिधीकका कारण सँगै सडक निमार्णका लागी चाहिने आबश्यक सामाग िअभाबका कारण केही समय काम रोकीएको र्दिैशक श्रेष्ठले बताउनु भयो । जिल्लाको छथर गाउँपालिकालाई कोशी राजमार्ग हुँदै पूर्वी तराई र सदरमुकाम म्याङलुङ्गसँग
जोड्ने ९ किलोमिटर दुरीको सिधुवा–शुक्रबारे ग्रामीण सडक स्तरोन्नतिको काम १० महिनाअघि सो कम्पनीले लिएको थियो ।
गाउँको कृषि उत्पादनलाई बजारसम्म र्पुयाउन किसानलाई सजिलो होस् भन्ने हेतुले उन्नति परियोजना अन्तर्गत जिल्ला समन्वय समितिरजिल्ला प्राविधिक कार्यालयले ठेक्का मार्फत सडक स्तरोन्नतिको काम थालेका थिए ।

सो कम्पनीलाई उक्त सडक खण्डमा नाली निर्माण, प्रोटेक्सन वाल, ग्याभिङ, कल्भर्ट निर्माण हुँदै ग्राभेल गर्ने सम्मको जिम्मेवारी दिइएको थियो । सडक स्तरोन्नतिको काम एक वर्षमा सक्ने गरि ४ करोड ४५ लाख २८ हजार २ सय ८५ रुपैयाँमा सम्झौता भएको थियो ।- पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget