Websoft University

www.radiomakalu.com || 021-522512


‘सरकारको अराजकता ठीक,न्यायालयको अराजकता बेठिक’

‘सरकारको अराजकता ठीक,न्यायालयको अराजकता बेठिक’


शैलजा अचार्यको स्मृतिमा निकालिएको स्मृतिग्रन्थ बगरगाछीको लोकापर्ण कार्यक्रममा सहभागी काँग्रेस नेता

‘न्यायाधिशले कानूनमा आधारित भएर निर्णय गर्ने कि भावनामा बगेर ?’
‘लोकमान प्रकरणमा एमालेको उक्साहटमा काँग्रेस’
हुन सक्दैन हिन्दी राष्ट्रभाषा
विराटनगर,  जेठ २० गते ।   नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार अराजक नभई देश नचल्ने बताउनु भएको छ ।
विराटनगरमा गुराँस पुस्तकालयले काँग्रेस नेतृ शैलजा आचार्यको स्मृतिमा प्रकाशन गरेको स्मृति पुस्तक ‘बरगाछी’को शनिबार लोकार्पण गर्दै कोइरालाले भन्नुभयो,‘सरकार अराजकनभई देश चल्दैन तर त्यो अराजकतालाई सन्तुलन गर्ने काम न्यायालयको हो, तर न्यायालय नै अराजक भयो भने देश चलाउन गाह्रो हुन्छ ।’
कोइरालाले प्रधानन्यायधिशको महाअभियोग गलत निर्णय भएपनि न्यायधिशले भावनामा बगेर ‘मेरो मन रोएको छ’ र ‘सतीले सरापेको देश’आदि उद्धरण प्रयोग गरेर फैसला गर्न नमिल्ने तर्क गर्नुभयो । ‘ऐन कानुन र संविधानको धारालाई आधार बनाएर फैसला गर्ने कि भावनामा बगेर ?’कोइरालाको प्रश्नथियो
न्यायलयले संसदको विशेष अधिकार हनन् गर्न नमिल्ने बताउँदै एमालेले लोकमानसिंह कार्कीको महाअभियोगको श्रृखंला सुरु गरेर काँग्रेसलाई समेत उक्साएको आरोप लगाउनु भयो । देश अराजकतातर्फ गएको दृष्टान्त भरतपुरमा मत च्यातिनु र एमालेले प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध हुने गरी संसद चल्न नदिनु पनि भएको चर्चा गर्दै कोइरालाले भन्नुभयो,‘गलत रुपमा भएका काम गलत भयो भन्ने राजनीतिक चरित्र देखाउँ ।’

कोइरालाले नेपाल हिमाल, पहाड र मधेशको संगम भएकोले उग्रराष्ट्रवाद अथवा उग्रमधेशवादले मात्र नचल्ने बताउँदै तीनै पक्षलाई जोडेर समतामुलक देश बनाउन काँग्रेस अग्रसर भएको चर्चा गर्नुभयो । राष्ट्रियताको विषयमा एउटै सोच, भावना र विचार बनेमात्र यो मजबुत हुने कोइरालाको भनाई थियो ।
असार १४ गते स्थानीय निर्वाचन हुने विषयमा शंका नगर्न भन्दै कोइरालाले पानी परेपनि मत हाल्न जान आग्रह गर्दै भन्नुभयो,‘पानी परे पनि मत हाल्न भने जानु होला ।’ उहाँले मधेशीमोर्चाका धेरै माग सम्बोधन भएको कतिपय बाँकी रहेको बताउँदै हिन्दीभाषा लिंक भाषाको रुपमा प्रयोग हुन नसक्ने स्पष्ट गर्नुभयो । बरु भोजपुरी, मैथली, थारु, तामाङ, गुरुङ जस्ता भाषा हुन सक्ने तर हिन्दी राष्ट्र भाषा हुन नसक्ने उहाँले बताउनु भयो ।

काँग्रेसले ओखलडुङ्गा काण्ड गरेको बेला नेतृ शैलजा आचार्यले निर्वाह गरेको भूमिका चर्चा गर्दै कोइरालाले उ बेला हतियार खरिद गर्न आचार्यले भारतमा गएर आफ्नो साहस देखाएको स्मरण गर्नुभयो ।कार्यक्रममा समाजसेवीद्वय सदुन बहादुर कार्की, जगप्रसाद अज्र्याल र क्रिकेट खेलाडी पुष्कर थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा काँग्रेस सांसद अमृत अर्याल, काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौला र काँग्रेस विराटनगरका सभापति भीम पराजुलीले पनि बोल्नु भएको थियो । - अन्नपूर्ण बाट  ,कुमार लुइँटेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget