Websoft University

www.radiomakalu.com || 021-522512


सूर्तिजन्य पदार्थका कारण युवापुस्तामा बाँझोपनको खतरा



के तपाई धुमपान गर्नुहुन्छ र गर्भधारण गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तुरुन्तै धूमपान त्याग्नुहोस् । किनकि धूमपान गर्ने महिलामा गर्भपतन तथा बाझोपनको जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकका अनुसार बदलिँदो जीवनशैली, वायु प्रदुषण, ढीलो विवाह तथा चुरोट तथा सूर्तिजन्य पदार्थको सेवनका कारण युवावर्गमा बाझोपनको समस्या बढ्दो छ ।


‘नेपालमा बाझोपनाबारे यकिन तथ्यांक छैन । तर, बाझोपनको एउटा ठूलो कारकतत्वमध्ये चुरोट तथा सूर्तिजन्य पदार्थको सेवन एवं मदिरापान प्रमुख मानिन्छ’, ओम अस्पताल तथा रिसर्च सेन्टरका निर्देशक डा. जागेश्वर गौतमले भने ।

धूमपान, सूर्तिजन्य पदार्थ तथा मदिरापानका कारण महिलाहरुमा गर्भधारण गर्न कठिनाइ उत्पन्न हुने, महिनावारिमा गडबडी हुने लगायतका समस्या देखा पर्न सक्छन् ।

त्यसैगरी गर्भपतनको समस्या, समयभन्दा अघि नै शिशुको जन्म, कम तौलको शिशु जन्मने, पाठेघरमै शिशुको मृत्यु हुने, पाठेघरभन्दा बाहिर शिशु बस्ने समस्या लगायतका समस्या पनि देखिने चिकित्सकको भनाइ छ ।

निकोटिनका कारण शिशुको दिमागी विकासमा समेत अवरोध पुग्ने अध्ययनले देखाएको छ ।

‘प्रत्येक सूर्तिजन्य पदार्थको एउटा प्याकेटमा आसेर्निक, निक्कल, क्रोमियम क्याडनियम, बेञ्जोपाइरिन, नाइट्रोजमाइन लगायत झण्डै ६ हजार रसायन हुन्छन् ।

यी रसायनमध्ये ६० देखि ७० प्रतिशत रसायन कार्सिनोजेनिक अर्थात ‘क्यान्सरजन्य’ हुन्छ ‘, भारतको बैंगलोरस्थित हेल्थ कियर सेन्टर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ -टाउको तथा घाँटी) डा. विशाल रावले भने । यस्ता रसायनले टाउकोदेखि खुट्टासम्मको सबै कोषिकालाई असर पर्ने उनले बताए ।

डा. रावका अनुसार सूर्तिजन्य पदार्थको सेवनले दिमागमा अल्जाइमरको समस्या निम्त्याउँछ भने, आँखामा मोतियाविन्दु गराउँछ ।

त्यस्तै, घाँटीमा अन्ननलीको क्यान्सर, मुखको क्यान्सर, नाकमा साइनस लगायत स्वास प्रस्वास सम्बन्धी समस्या, हृदयाघातको जोखिम एवं फोक्सोमा टीबी तथा ब्रोङकाइटिसका साथै हड्डीमा बाथको समस्या देखापर्छ ।

त्यसैगरी पेटमा ग्याष्ट्रिक, अल्सर, तथा मृगौलामा पत्थरी तथा मृगौलाको क्यान्सर जस्ता डरलाग्दा समस्या सूर्तिजन्य पदार्थका कारण उत्पन्न हुन सक्छ ।

क्यान्सरमध्ये १८ प्रकारका क्यान्सरहरु सूर्तिजन्य पदार्थको सेवनका कारण हुने डा. रावले बताए । त्यसबाहेक, युवावर्गमा बाँझोपनाको समस्या बढाउने उनी बताउँछन् ।

उनी भन्छन्, ‘युवा वर्गमा अहिले बाँझोपना प्रमुख समस्याका रुपमा देखा परेको छ । धूमपानले शरीरमा तुरुन्तै हानी गर्नेमा यो पनि एउटा हो ।’

पछिल्लो समय भारत लगायतका देशहरुमा बाझोपनको प्रमुख तत्वका रुपमा सूर्तिजन्य पदार्थको प्रयोग प्रमुख देखिएको उनले बताए । चुरोट तथा सूर्तिजन्य पदार्थरहित समाजको निर्माणको लागि पनि युवाहरुलाई क्यान्सरले पुर्‍याउने हानीभन्दा यसले निम्त्याउन सक्ने बाँझोपनबारे बताउन जरुरी रहेको उनको भनाइ छ ।

डा. रावका अनुसार चुरोट तथा सूर्तिको सेवनका कारण महिलाहरुमा मात्र नभई पुरुषहरुमा समेत विभिन्न समस्या उब्जने गर्छ ।

चुरोट तथा सूर्तिको सेवनकै कारण पुरुषहरुमा वीर्यको कमी, वीर्य काउन्टमा कमी हुने, हर्मोनका गडबडी लगायतका समस्या उत्पन्न हुने गर्छन् ।

त्यस्तै, अधिक धुम्रपान गर्ने पुरुषको नजिक बस्ने महिलामा गर्भपतनको खतरा बढ्ने गर्छ ।

चुरोट सेवन गर्नेमा नेपाल दक्षिण एसियामै अग्रस्थानमा

सूर्तीजन्य पदार्थको सेवनकै कारण नेपालमा वर्षेनी १५ हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनमा उल्लेख छ ।

त्यसैगरी, धूमपान तथा सूर्तिजन्य पदार्थ सेवनकै कारण मानिसहरुमा नसर्ने रोगको जोखिम उच्च रहेको उक्त तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार नेपालका एक तिहाइ जनसंख्यामा उच्च रक्तचापको समस्या छ भने झण्डै १५ प्रतिशतलाई मधुमेहको जोखिम रहेको छ ।
त्यस्तै, नेपालमा कुल जनसंख्याको तीस प्रतिशत धुम्रपानकर्ता रहेका छन् भने त्यसमध्य ५१.९ प्रतिशत पुरुष १३ प्रतिशत महिला रहेका छन् । दक्षिण एसियामा धुम्रपान गर्ने महिलामध्य सबैभन्दा धेरै नेपालमा रहेको समेत तथ्यांकमा उल्लेख छ ।

टोबाको एटलसका अनुसार विश्वका न्युन आयस्तर भएका देशहरुमध्ये नेपालका १६.७ प्रतिशत महिला धूमपानकर्ता रहेका छन् भने नेपालको कुल जनसंख्याको झण्डै ६७ सय किशोरीले दैनिक धूमपान गर्दै आएका छन् ।

त्यसैगरी, विश्व स्वास्थ्य संगठनको २०११ एक तथ्यांक अनुसार नेपालमा १३ देखि १५ वर्ष उमेरका झण्डै १९ प्रतिशत बालबालिका सूर्तिजन्य पदार्थको सेवनकर्ता रहेको पाइएको छ ।

धुम्रपान तथा सूर्तिजन्य पर्दाथ त्याग्ने उपाय

हुन त धूमपानकर्तालेे चुरोट तथा सूर्तिजन्य पदार्थको लत छोड्न क्यान्सर नै हुनुपर्छ भन्ने मान्यता छ । तर कतिपय अवस्थामा आफूमा दृढ विश्वास र इच्छाशक्ति भएमा यस्ता पदार्थको सेवन तुरुन्तै छोड्न सकिने डा. विशाल राव बताउँछन् ।

भन्छन्, ‘हामीले सूर्तिजन्य पदार्थ त्याग्नु भनको क्यान्सरलाई त्याग्नु हो । तर क्यान्सरबाट बच्नको लागि पहिले चुरोट तथा सूर्तिजन्य पदार्थ नै छोड्न जरुरी छ’ । उनले यी उपाय अपनाएमा जोकोहीले सजिलै यस्ता चुरोट तथा सूर्तिजन्य पदार्थ छोड्न सक्ने उनले बताए ।

यस्ता छन् डा. रावका हेल्थ टिप्स :

१. आत्मबोध -यसका नराम्रा पक्ष तथा यसले पुर्‍याउने हानीबारे ध्यान दिने )
२. यस्ता पदार्थबारे जनचेतना फैलाउने
३. सरकारको तर्फबाट यस सम्बन्धी बनेका नीति नियमलाई कडाइका साथ लागू गराउने ।
४. चुरोट तथा सूर्तिजन्य पदार्थमा लागेको करको अभिवृद्धि गर्ने
५. चुरोट सेवन गर्न मन लाग्नासाथ एक कप तातो पानी पिउने । यसले चुरोटको तलतल कम गर्न मद्दत गर्छ ।
६. चुरोटको सेवन गर्नु भनेको धुवा तान्नु हो । त्यसैले, कुनै बेला चुरोट तान्न मन लागेमा लामो लामो सास फेरेमा मात्र पनि चुरोटको तलतल कम हुन्छ ।
७. त्यसबाहेक, योगाको मद्दतले पनि चुरोट कम गर्न सकिन्छ ।-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget