Websoft University

www.radiomakalu.com || 021-522512


राजपाको बन्दले विराटनगर ठप्प


राजपाको बन्दले विराटनगर ठप्प
विराटनगरको बुधहाटचौक नजिकै पर्यटकको गाडीलाई अवरोध गर्न खोज्दै बन्दकर्ता ।

विराटनगर,  जेठ ३० गते । राष्ट्रिय जनता पार्टीले आयोजना गरेको आमहड्तालको प्रभाव मंगलबार विहानैदेखि विराटनगरमा पनि परेको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना पूर्णरुपमा ठप्प छन् । विहानैदेखि विराटनगरको चौकचौकमा निस्किएका बन्दकर्ता पसल र सवारी साधन बन्द गराउँदै हिडिरहेका छन् । ठूला तथा साना सवारी साधन र सिटी सफारी चल्न सकेका छैनन् । सडकमा सञ्चालन भएका सवारी साधनलाई बन्द उल्लङ्घन गरेको भन्दै बन्दकर्ताहरुले अवरोध गरिरहेका छन् ।
राजपा मोरङका नेता मोहम्मद कादिरले प्रेसका सवारी साधन, एम्बुलेन्स, मोटरसाइकल, कुटनैतिक नियोगका सवारी साधन, फोहोर उठाउने गाडी, दूध र तरकारीका गाडीलाई भने कुनै अवरोध नगरिएको बताउनुभयो । उहाँका अनुसार विहानैदेखि विराटनगरमा प्रदर्शन पनि भइरहेको छ ।
राजपासँग सरकारले पटकपटक गरेका सम्झौता विपरित दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउने तयारी गरेपछि देशव्यापी रुपमा आमहड्तालको आह्वान गरिएको जानकारी कादिरले दिनुभयो । संविधान संशोधन लगायतका माग पूरा नगरिकन सरकारले निर्वाचन गराए आफूहरुलाई मान्य नहुने र आन्दोलनको आँधीबेहरी ल्याउने उहाँको दावी छ।

राजपाले हड्तालको आह्वान गरेपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाका अनुसार सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । - अन्नपूर्ण बाट ,तस्बिर: किशोर बुढाथोकी


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget