Websoft University

www.radiomakalu.com || 021-522512


तुलसीपुर उपमहानगरमा एमाले उम्मेदवारको घोषणा



दाङ, जेठ ३१ गते । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवारलाई जनताको मन जित्न आग्रह गर्नुभएको छ । निर्वाचनलाई हल्का रुपमा लिन नहुने भन्दै विपक्षी सँगको ठूलो लडाइँ भएको बताउनुभयो । नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिकाले पार्टी कार्यालयमा मङ्गलबार आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वस्थानीय विकास मन्त्रीसमेत रहनु भएका ज्ञवालीले गोलाबारुदको लडाइँ नभए पनि भोटको लडाइँ भएकाले निर्वाचनमा विजय हासिल गर्न जनताको मन जित्नुको विकल्प नभएको बताउनुभयो ।

आर्थिक चलखेल र जाँडरक्सीको प्रलोभनमा पारेर निर्वाचन आफ्नो पक्षमा पार्ने दिन गएको भन्दै उहाँले सही विचार दृष्टिकोणलाई जनतासामु पु¥याउनुपर्ने बताउनुभयो । नेता भनेको जनताको भएकाले अधिकांश समय जनताको घरमा बिताउनुपर्ने ज्ञवालीले सुझाव दिनुभयो ।सोही अवसरमा नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य शङ्कर पोख्रेलले चुनावलाई उत्सवका रुपमा लिनुपर्ने बताउनुभयो । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न कार्यकर्तालाई खटेर लाग्न निर्देशन दिनुभयो । उम्मेदवार भएका सबै योग्य र नपाएका अयोग्य नहुने भन्दै सबै मिलेर निर्वाचनमा लाग्न सुझाव पनि दिनुभयो ।

त्यसैगरी, कार्यक्रममा नेकपा (एमाले) तुलसीपुर उपमहानगरपालिका प्रमुखका उम्मेदवार घनश्याम पाण्डे, उपप्रमुख माया आचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले आधिकारिक रुपमा प्रमुख तथा उपप्रमुख र १९ वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवारको नाम घोषणा गर्नुभएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget