Websoft University

www.radiomakalu.com || 021-522512


नवलपरासीमा एमाले र माओवादीले उम्म‍ेदवार टुंगो लगाए, कांग्रेसलाई सकस


नवलपरासीमा एमाले र माओवादीले उम्म‍ेदवार टुंगो लगाए, कांग्रेसलाई सकस

परासी, जेठ २० गते ।  जिल्ला तहमा सहमति हुन नसकेपछि नेपाली कांग्रेस नवलपरासीले स्थानीय तह उम्मेदवारहरुको नाम टुंगो लगाउन केन्द्रीय समितिमा नाम सिफारिस गरेर पठाएको छ। कांग्रेसलाईपछि पार्दै एमाले र माओवादी केन्द्रले भने उम्मेदवारहरुको नाम टुंगो लगाई सकेका छन्।
गुट ,उपगुट र व्यक्तिगत लबिङ्गका कारण कांग्रेसले नगर र गाउँपालिका प्रमुख÷उपप्रमुखरुको नाम टुंगो लगाउन नसकेको हो। लामो रस्साकस्सी पछि वडाहरुको उम्मेदवारहरुको नाम भने जिल्ला समितिले टुंगो लगाएको छ। यद्यपी वडाको उम्मेदवारहरुको नामावली समेत सार्वजनिक गरिएको छैन।

आकांक्षीहरु धेरै भएकाले नगर र गाउँपालिका प्रमुख÷उपप्रमुखहरुको नाम केन्द्रमा सिफारिस गरी पठाइएको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु लामिछानेले बताउनुभयो। एउटा तहको प्रमुख र उपप्रमुखमा चार देखि पाँच जना आकांक्षी छन्।
वडाहरुका उम्मेदवारहरुको नाम टुंगोमा पुगेपनि सबै पदका उम्मेदवारहरुको नामावली एकै पटक सार्वजनिक गरिने जिल्ला सभापति लामिछानेले बताउनुभयो। नाम सार्वजनिक नगर्दा वडाहरुमा टिकट पाएको भन्दै चर्चामा आएका आकांक्षी उम्मेदवारहरु ढुक्क हुन सकेका छैनन्। टिकट पाएका उम्मेदवारहरु पनि फेरी अर्कैलाई टिकट दिइने हो की भन्नेमा शंसकित छन्।

प्रमुख र उपप्रमुखहरुको नाम जिल्लामा सहमति हुन नसकेपछि जिल्ला सभापति विष्णु लामिछाने, केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल, सांसदहरु विक्रम खनाल, देवकरण जयसवाललगायतका नेताहरु गत मंगलबार नै उम्मेदवारहरुको नामावली बोकेर काठमाण्डौं पुगेका छन्। नेताहरुसँगै पछिपछि लागेर उम्मेदवारका प्रवल दाबेदार रहेका आकांक्षीहरु पनि काठमाण्डौं पुगेका छन्।
नवलपरासीको प्रदेश नम्बर ४ मा रहेको नवलपुर क्षेत्रका आठ स्थानीय तहमा पहिलो चरणमा निर्वाचन भइसकेको छ। प्रदेश नम्बर ५ को परासी क्षेत्रमा दोस्रो चरणको निर्वाचन हुँदै छ।
तीन नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार बन्ने आंकाक्ष देखाएका प्रमुख र उपप्रमुखहरु आआफ्ना निकटका नेताहरुलाई लिएर दिनहुँजसो केन्द्रीय समितिमा धाएका छन्।
जिल्ला नेताहरुले पनि आफू निकट उम्मेदवारका आंकाक्षीहरुको जित्ने संभावना बढी रहेको भन्दै केन्द्रीय नेताहरुसँग लबिङ्ग शुरु गरेको बताइएको छ। स्रोतका अनुसार गाउँपालिका र नगरपालिकामा आआफ्ना निकटका व्यक्तिलाई उम्मेदवार बनाउन नेताहरुले टिकट बाँडफाँड गरिसकेको छन्।
केन्द्रबाट टिकट अनुमोदन गराउन जिल्ला नेताहरु दिनहुँजसो शिर्ष नेताहरुको निवासमा पुग्ने गरेका छन्। नयाँ सरकार गठनका लागि नेताहरु व्यस्त रहेकाले स्थानीय तहका उम्मेदवारहरुको नाम टुंगो लगाउन अबेर भएको एक जिल्ला नेताले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं प्रधानमन्त्रीका उम्मेदवार रहेकाले नेताहरु त्यसतर्फ केन्द्रित भएका हुन् । संभवत बुधबारसम्म जिल्लाको उम्मेदवारहरुको नाम टुंगोमा पुग्ने जिल्ला सभापति लामिछानेले बताउनुभयो।
यसैबीच उम्मेदवार चयनमा एमाले र माआवादी केन्द्रले कांग्रेसलाई पछि पारेका छन्। एमालेले सबै तहमा उम्मेदवारको नाउँ टुंगो लगाएको छ ।

एमाले उम्मेदवार मेयरमा विमला अर्याल र उपमेयरमा दधिराम अर्याल
सुनवल नगरपालिका मेयरमा विमला अर्याल र उपमेयरमा दधिराम अर्याल रहनु भएको छ। बर्दघाट नगरपालिका मेयरमा धीरज शर्मा र उपमेयरमा माया पौडेल हुनुहुन्छ । रामग्राम नगरपालिका मेयरमा उमाशंकर चौधरी र उपमेयरमा उमा यादव हुनुहुन्छ।
त्यसैगरी गाउँपालिकातर्फ सुस्तामा अध्यक्ष पदको उम्मेदवारबारे छलफल भइरहेको पार्टीले जनाएको छ। उपाध्यक्षमा इन्द्रकुमारी थरुनीलाई उम्मेदवार बनाइएको छ।
सरावलको अध्यक्षमा प्रल्हाद पासवान र उपाध्यक्षमा पानमतीदेवी चौधरी फौजदार रहनु भएको छ । पाल्हीनन्दको अध्यक्षमा सुरेश तेली र उपाध्यक्षमा शकुन्तलादेवी पटनवार रहनु भएको छ।
माओवादी केन्द्रका उम्मेदवार मेयरमा डोलराज भण्डारी र उपमेयरमा प्रतिमा कार्की
सुनवल नगरपालिका मेयरमा डोलराज भण्डारी र उपमेयरमा प्रतिमा कार्की हुनुहुन्छ। बर्दघाट नगरपालिका मेयरमा रुद्रप्रकाश विप्लवी र उपमेयरमा सीमा गिरी रहनु भएको छ। रामग्राम नगरपालिका मेयरमा इजाहर मियाँ र उपमेयरमा जोगकुमारी चौधरी हुनुहुन्छ।
गाउँपालिकातर्फ सुस्ताको अध्यक्षमा दीर्घजिवी पोखरेल र उपाध्यक्षमा गोमा पाण्डे हुनुहुन्छ । पाल्हीनन्दको अध्यक्षमा दिपक गुप्ता र उपाध्यक्षमा अष्ठभुजी चौधरी हुनुहुन्छ।
प्रतापपुरको अध्यक्षमा सुदामा कोईरी र उपाध्यक्षमा हेमा हरिजन रहनु भएको छ। सरावल गाउँपालिकाको भने छलफल भइरहेको जिल्ला इन्चार्ज घनश्याम यादवले जानकारी दिनुभएको छ।
यता राप्रपाले रामग्राम नगरपालिकामा रामभवन यादवलाई मेयर उठाएको छ । भने अन्य तहका लागि छलफल भइरहेको जनाएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget