Websoft University

www.radiomakalu.com || 021-522512


सडक दुर्घटना कमगर्न ‘नो हेल्मेट नो पेट्रोल’ नीति


no
नयाँ दिल्ली, जेठ २५ गते । भारतमा बढ्दो सडक दुर्घटना कम गर्नका लागि ‘नो हेल्मेट नो पेट्रोल’ अथवा हेल्मेट नलगाउने मोटर साइकललाई पेट्रोल नदिइने नीति ल्याइएको छ ।
भारतमा सडक दुर्घटनाको अवस्था निकै भयानक छ । सडक दुर्घटनाको अन्त्यका लागि प्रभावकारी बनाउने उद्देश्यले भारतको उत्तरप्रदेश राज्यले यो नीतिको अख्तियार गरेको हो ।
एक तथ्याङ्कअनुसार भारतमा हरेक दिन कम्तीमा पनि ४०० जनाको यसरी सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।
यसरी हेर्दा भारतमा प्रत्येक चार मिनेटमा एकजनाको सडक दुर्घटनाकै कारण ज्यान जाने गरेको छ । यो अवस्था बिगत लामो समयदेखि नै निरन्तर रहेको पनि समाचारमा जनाइएको छ ।
यस नीति अनुसार कुनै मोटरसाइकलको चालकले हेल्मेट लगाएको छैन भने उसको सवारी साधनमा पेट्रोल हाल्न नदिइने गरिएको छ ।
यस नीतिको कार्यान्वयनपछि यसरी हुने गरेका दुर्घटनामा सामान्य रुपमा कमी आएको छ । तर यसको प्रयोगपछिको अनुसन्धानबाट के कति मात्रामा यस्तो दुर्घटना घट्यो भन्ने बारेमा भने आएको छैन ।
उत्तर प्रदेशको प्रहरीले दिएको एक तथ्याङ्कअनुसार प्रत्येक बर्ष सो प्रदेशमा १७ हजार ६०० भन्दा बढीको सडक दसर्घटनाबाटै ज्यान जाने गर्दछ ।
त्यस्तै तामिनाडुमा यो सङ्ख्या १५ हजार र महाराष्ट्रमा १३ हजार रहेको छ भने कर्नाटकामा यो सङ्ख्या करिब ११ हजार रहेको छ ।
उत्तर प्रदेशमा हुने गरेका यस्ता दुर्घटनामध्ये अधिकांश मोटरसाइकलबाट हुने गरेका छन् । सोही कारण पनि यस्तो नीति मोटरसाइकललाई लक्ष्य गरेर बनाइएको बताइएको छ ।
यस्तो नीतिले जथाभावी र सडक नियमको पालना नगरी चलाउने मोटरसाइकलको बेवास्तालाई रोक्न सजिलो हुने अधिकारीहरुले बताएका छन् ।
हुनत यस्तो नीति भारतका विभिन्न राज्यमा यसअघि पनि सञ्चालनमा रहेको हो । तर त्यसको प्रभावकारीता त्यति सकारात्मक रुपमा भने देखिएको थिएन ।
पछिल्लो समय यो नीति भारतका केही राज्यले अपनाएका छन् र यसका कारण सडक दुर्घटनाबाट हुने क्षति कमगर्न र विशेषगरी मोटरसाइकलको दुर्घटना रोक्न केही सहज महसुश भएको बताइएको छ । रासस/सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget