
काठमाडौं, जेठ १९ गते । व्यवस्थापिका संसद् सचिवालयले प्रधानमन्त्री चयनका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
जेठ २० गते शनिबार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि साँझ ४ बजेसम्मको समय दिइएको छ। संसद सचिवालयले सार्वजनिक गरेको कार्यक्रम अनुसार शनिबार साँझ साढे ४ बजे उम्मेदवारको सूची प्रकाशित गर्नेछ भने २१ गते आइतबार निर्वाचन हुनेछ।
![]() |
व्यवस्थापिका संसदका सदस्यले नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्री पदका लागि निर्वाचित गरियोस् भनी उम्मेदवारी दर्ता गराउन पाउने छन्।- अन्नपूर्ण बाट नरेन्द्र साउद
Post a Comment