Websoft University

www.radiomakalu.com || 021-522512


सिन्धुलीगढी विजयोत्सव मनाइने


सिन्धुलीगढी विजयोत्सव मनाइने

काठमाडौं, , जेठ २९ गते ।  तत्कालीन ब्रिटिस सेनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनामा २५०औं विजयोत्सव समारोह भब्य रूपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले बताएका छन् । शनिबार समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा त्यहाँका जनप्रतिनिधिले मुलककै गौरवका रूपमा रहेको सिन्धुलीगढीलाई देशविदेशमा चिनाउने प्रतिबद्धता व्यक्त गरे ।
यस वर्ष सिन्धुलीगढीमा अंग्रेजी सेनालाई परास्त गरेको २५० वर्ष पुग्दैछ । अभियानले यस अवसरमा गढीमा ऐतिहासिक युद्धको चित्र कोर्न आर्ट क्याम्प, युद्ध दर्शाउने नाटक प्रदर्शन, आर्ट बुक प्रकाशन, वेबसाइट निर्माण, सिन्धुलीगढी वरपर होमस्टे सञ्चालनलगायत कार्यक्रम छन् ।
बधाई ज्ञापन कार्यक्रममा सिन्धुलीको कमलामाइ नगरपालिकाका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहरा, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष, संगीता माझी, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ थिङ र उपाध्यक्ष अनिता राईलाई अभियानले सम्मान गरेको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget