Websoft University

www.radiomakalu.com || 021-522512


व्यवसायी खोजीमा दवाव दिन तुलसीपुर बजार बन्द


व्यवसायी खोजीमा दवाव दिन तुलसीपुर बजार बन्द

फाइल तस्बिर


तुलसीपुर, जेठ २९ गते ।  प्रजातान्त्रिक उद्योग व्यापार संघले व्यवसायी राजकुमार श्रेष्ठको खोजीमा दवाव दिन आज बिहान तुलसीपुर बजार बन्द गरेको छ । तुलसीपुरका कपडा व्यवसाय सञ्चालन गर्दै आएका बुटवल वस्त्रालयका सञ्चालक राजकुमार श्रेष्ठ शुक्रबार रातिदेखि सम्पर्क बिहिन भएको भन्दै खोजीमा दवाव दिन सोमबार ११ बजेसम्म तुलसीपुर क्षेत्र बन्द गरेको छ ।
श्रेष्ठ खोजीमा उदासिन भएको भन्दै व्यापार संघले तुलसीपुर बजार पुर्णरुपमा बन्द गराएको छ । बन्दका कारण बजार सुनसान छ । सवारीसाधान पनि थप्प भएको छ । घरबाट शुक्रवार साँझ रोटरी क्लबको कार्यक्रमका लागि भनेर जानु भएका श्रेष्ठ शनिवार दिउँसोसम्म पनि घरमा नफर्किएपछि खोजी सुरु भए पनि अवस्था अझै अज्ञात छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले श्रेष्ठको खोजी कार्य जारी राखेपनि अझै पत्ता लाग्न नसकेको बताउनुभयो । छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले परिवारको निवेदन अनुसार खोजी सुरु गरेको जानकारी दिनुभयो । श्रेष्ठ सवार गाडी राप्ती राजमार्ग अन्तरगत सल्यानको जंगलमा भेटिएको थियो । उहाँको गाडी भेटिएको क्षेत्रमा दाङ र सल्यानको प्रहरीले खोजी तथा अनुसन्धान गरिरहेका तिम्सिनाको भनाइ छ ।
श्रेष्ठ सवार बा ११ च १०७१ नम्बरको गाडी त्यो संगै अर्को भारतीय नम्बर प्लेटको गाडी सल्यानको रिममा फेला परेको थियो । दुवै गाडीको टायरको हावा गएको अवस्थामा फेला परेको र गाडिमा कुनै पनि सामग्री नभएको तिम्सिनाले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठको अपहरणको आशंका गरेको छ ।

यस अघि पनि तुलसीपुरका व्यवसायी रत्नबहादुर ओली सम्पर्क बिहिन हुनु भएको थियो । ओलीको शव २८ औँ दिनमा घोराही लमही सडकको चौपट्टा जंगलमा भेटिएको थियो।- अनापूर्ण बाट , गोपाल शर्मा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget