Websoft University

www.radiomakalu.com || 021-522512


निगमले एएआरलाई ८ अर्ब पठाउन राष्ट्र बैंकसँग माग्यो अनुमति




 नेपाल वायुसेवा निगमले जहाज खरिदको लागि किस्तावापत अमेरिकी कम्पनी एएआरलाई पठाउन पर्ने ८ अर्ब रकमको लागि नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ ।

हालैमात्रै नेपाल कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋण सम्झौता गरेको निगमले बुधबारदेखि किस्तावापत रकम पठाउनको लागि प्रक्रिया सुरु गरेको छ । रकम अभावको कारण अहिलेसम्म निगमले किस्तावापतको रकम पठाउने प्रक्रिया अघि बढाएको थिएन ।


तर, अब निगमले अहिलेका लागि सञ्चय कोषबाट ४ अर्ब र नागरिक लगानी कोषसँग चार अर्ब ऋण लिएर ८ अर्ब किस्तावापत रकम पठाउन लागेको छ । वैदेशिक मुद्रा पठाउँदा राष्ट्र बैंकसँग अनुमति लिन पर्दछ ।

निगमका सहायक प्रवक्ता शैलेश कंसकारले भने ‘राष्ट्र बैंकले अनुमति दिने बित्तिकै हामीले एएआरलाई रकम पठाउने छौं, अहिले यसका लागि राष्ट्र बैंकसँग निबेदन दिएका छौं ।’

निगमले एएआरसँग दुईवटा वाइड बडी जहाज खरिद गर्न लागेको छ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको छ ।

निगमले जहाज खरिदको लागि बैना रकम भने १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ ।

पहिलो विमान सन् २०१८ को अपि्रलसम्म ल्याइएसक्ने निगमको तयारी छ । गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत माघ २ गते अनुमोदन गरेको थियो ।

वायुसेवा निगमले एयरबसको सबैभन्दा सानो वाइडबडी ‘ए ३३०-२००’ जहाज खरिदका लागि खोलेको टेण्डरमा १० वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । पोर्चुगिज एभिएसन कम्पनी हाइˆलाईले एयरबससँग खरिद अर्डर गरेको थियो ।

तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि जहाज किन्न नसक्ने भयो र, त्यो विमानलाई एएआरले सकारेर नेपाल एयरलाइन्सलाई बेच्न लागेको हो ।

अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन् ।

यी जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।-
अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget