Websoft University

www.radiomakalu.com || 021-522512


फिफा वरियतामा नेपाल चार स्थान माथि


फिफा वरियतामा नेपाल चार स्थान माथि
विश्व फुटबल महासंघ (फिफा) वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल एक सय ६९औं स्थानमा उक्लिएको हो । नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रमा एक सय स्थानमा छ।
दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र वरीयताको एक सय ५६औं स्थानमा छ । पछिल्लो वरीयतामा माल्दिभ्स चार स्थान खस्किएको हो । अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८औं स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६औं स्थानमा छ ।
नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२औं र श्रीलंका एक सय ९७औं स्थानमा छन् । पाकिस्तान दुई सय स्थानमा छ । वरीयताको शीर्ष स्थानमा ब्राजिल छ । अर्जेन्टिना दोस्रो र विश्वकप विजेता जर्मनी तेस्रो स्थानमा छ । चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्विट्जरल्यान्ड र स्पेन शीर्ष दसमा परेका छन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget