Websoft University

www.radiomakalu.com || 021-522512


रसियाको यो मिसाइलले पूरा संसार चकितः बनायो अहिलेसम्मकै सबैभन्दा खतरनाक क्षेप्यास्त्र





जेठ १८ गते  । रसियाले आफ्नो अहिलेसम्मको सबैभन्दा अधुनिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । करिब ४ हजार ६ सय किलोमिटर प्रतिघण्टाको गतीमा उड्ने यो मिसाइलमाथि पछिल्लो थुप्रै वर्षदेखि काम चलिरहेको थियो । यसको सफल परिक्षण सन् २०१६ को जुलाई ३० मा व्लादिवोसतोक पोर्टबाट गरिएको थियो । त्यतिबेला यसको गती ३ हजार ८ सय प्रतिघण्टा थियो भने त्यतिबेलादेखि यसको गती बढाउने काम चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार यो मिसाइल परिक्षणले अमेरिकासहित नेटो देशको धड्कनको गती बढाइदिएको छ ।

एकपटक उडेपछि कुनै मिसाइल डिफेनस सिस्टमले रोक्न सक्दैनः

‘जिरकोन’ नामको यो हाइपरसोनिक एन्टी–शिप मिसाइलको फोटो रसियन नेवीले जारी गरेको छ ।
रसियन मिलिट्रि एनालिष्ट व्लादिमिर तुचकोवका अनुसार यो मिसाइलको गती यति धेरै छ कि यसलाई कुनै पनि मिसाइल डिफेन्स सिस्टमले रोक्न सक्दैन ।
यदि यो रडारको पकडमा आयो भने यसलाई दुश्मनले सम्हाल्नुभन्दा पहिले नै हमला गरिसकेको हुन्छ । त्यसैले यसको अगाडि संसारभरीे अहिलेसम्म बनेको आधुनिक मिसाइल डिफेन्स फेल छन् ।
तुचकोवका अनुसार यदि यसलाई कुनै प्रकारले रोक्न सकियो भने पनि यसको भग्नावशेषले त्यो इलाकाको थुप्रै किलोमिटरसम्मको स्थानमा क्षती पुर्याउँछ । त्यसकारण यो मिसाइल एकपटक उड्ने बित्तिकै विनास निश्चित छ ।
यो मिसाइलको विषयमा रसियाली मिडियाको दाबी अनुसार यसको सफल परिक्षणले हाइपरसोनिक एन्टी–शिप मिसाइलको मामलामा अमेरिकालाई निकै पछाडि पारेको छ ।
गति सात हजार किलोमिटर प्रतिघण्टाको तयारीमा छ नेवी:

रसियाली मिडिया ‘स्पूतनिक’ को रिपोर्ट अनुसार यसलाई सन् २०१८ सम्म नेवीमा समावेश गरिनेछ । यद्यपी, अहिले यसको स्पिड ७ हजार किलोमिटर प्रतिघण्टाको तयारीमा छ ।
यो मिसाइलमा स्क्रेमजेट इन्जिनको प्रयोग गरिएको छ जो हावाबाट अक्सिजनको प्रयोग गर्दछ । जसका कारण यो उड्ने बित्तिकै गती पक्रने गर्दछ ।- एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget