Websoft University

www.radiomakalu.com || 021-522512


भारत र पाकिस्तानका प्रधानमन्त्रीको १७ महिनापछि भेट



नयाँ दिल्ली,जेठ २६ गते । भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच गएको १७ महिनापछि पहिलो पटक कजाकिस्तानमा भेट भएको छ । गएको १७ महिनापछि पहिलो पटक उहाँहरुबीच भेटघाट भएको जनाइएको छ ।

काश्मिर भूभागका कारण यी दुई देशका बीचमा राम्रो सम्बन्ध रहने गरेको छैन । तर गएको केही समययतादेखि काश्मिरमा उत्पन्न नयाँ विवादसँगै उहाँहरुबीच कजाकिस्तानमा भेट भएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार साँझ कजाकिस्तानमा भेटभयो र उहाँहरुले हात मिलाउदै एक आपसमा अभिवादन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँहरु कजाकिस्तानमा जारी साङ्घाई कोअपरेशन फोरममा सहभागिताका लागि त्यहाँ रहनुभएको छ । बिहीबार साँझ उक्त संस्थाको उद्घाटनका क्रममा उहाँहरुबीच भेट भएको हो ।

उहाँहरुबीच यसअघि सन् २०१५ को डिसेम्बर महिनामा जलवायु परिवर्तनसम्बन्धमा फ्रान्सको राजधानी पेरिसमा भएको सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।

भारतीय विदेशमन्त्रालयका एकजना अधिकारीले उहाँहरुबीच वार्ता भने नभएको र उक्त सम्मेलनको उद्घाटनका क्रममा भेट र हात मिलाउने काममात्र भएको जनाएका छन् ।

सन् २०१६ को जनवरी महिनामा भारतीय भूभाग पठानकोटमा रहेको भारतीय सैनिक क्याम्पमा भएको भिषण आतङ्ककारी हमलापछि यी दुई देशबीचमा लामो विवाद उत्पन्न हुदै आएको छ ।

सो हमलामा पाकिस्तान संरक्षित आतङ्ककारीको हात रहेको आरोप भारतले लगाउँदै आएको छ । तर पाकिस्तानले भने यसको कडा रुपमा खण्डन गर्ने गरेको छ ।

भारत र पाकिस्तानबीच हुने गरेको शान्ति वार्ता पनि भारतीय पक्षका कारण स्थगित हुदै आएको छ । जसका कारण पछिल्ला केही वर्षयतादेखि यी दुई देशबीच औपचारिक वार्ताहरु पनि रोकिएका छन् । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget