
गर्मी मौसममा पुदीनाले शरीरलाई शीतल राख्न मद्दत गर्छ । यसलाई विभिन्न रोगहरुमा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
पुदिनालाई अनेक तरिकाले सेवन गर्न सकिन्छ । यसलाई सलादमा सजाएर सर्भ गर्न सकिन्छ, अचार बनाएर खान सकिन्छ । जुसमा यसको फ्लेवर राख्न सकिन्छ । यसको वास्ना र स्वाद दुबै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधीय महत्व पनि छ । निम्न शारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।
१. पेट खराब भएमा वा पेट फुुलेमा पुदिनाको सेवन गर्नाले तुरुन्तै आराम मिल्छ ।
२. छातीमा कफ जम्दा वा हिच्की आउँदा, अञ्जिरसँग पुदिनाको पत्तालाई तातो पानीमा हालेर खानाले पनि शरीरमा लाभ हुन्छ ।
३. विभिन्न रोगहरुमा पुदिनाको सेवन उत्तम मानिन्छ ।
४. महिनावारी गड्बडी हुदाँ पुदिनाको चिया बनाएर सेवन गर्नाले पनि लाभ मिल्छ ।
५. पखालामा पुदिना, प्याज वा कागतीको रस पिउनाले पनि लाभ मिल्छ ।
६ . पाचन शक्ति बढाउँछ ।
७. मुख गन्हाउने समस्या भएकाहरुलाई माउथ फ्रेस्नरको काम गर्छ ।
८. पुदिनाको रसलाई कुनै पनि घाउमा लगाउनाले घाउ चाँडै निको हुन्छ ।
९. ताजा पुदिनालाई पिनेर अनुहारमा लगाउनाले अनुहारको फ्रेस देखिन्छ । शरीरको गर्मी कम हुन्छ ।
१०. कयौं छाला सम्बन्धी रोगहरुमा पुदिनाको लेप बनाए लगाउनाले छाला सम्बन्धि समस्या हटेर जान्छ ।- अनलाइनखबर
Post a Comment