Websoft University

www.radiomakalu.com || 021-522512


ओली राष्ट्रिय सहमतिको सरकारको पक्षमा

ओली राष्ट्रिय सहमतिको सरकारको पक्षमा

काठमाडौ, जेठ १२ गते।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकारको पक्षमा मुख खोल्नु भएको छ । प्रतिनिधिसभाको निर्वाचनको जनमत आएपछि मात्रै सरकारमा सहभागी हुने घोषणा गर्दै आएको एमालेका अध्यक्ष ओलीले शुक्रबार राष्ट्रिय सहमतिको सरकारको पक्षमा वकालत गर्नु भएको हो ।

उहाँले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्य राजनीतिक दलहरुलाई पनि आग्रह गर्नुभएको छ । व्यवस्थापिका संसदको बैठकबाट शुक्रबार बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकारको पक्षमा वकालत गर्नुभएको हो ।

‘हामी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छौ’ओलीले भन्नुभयो । कसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार भन्ने पत्रकारहरुको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो ‘जो योग्य र जसलाई सबैले मान्छन,त्यहि व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आब्हान गर्नु भएको थियो ।
बर्तमान अवस्थाप्रति चित्रण गर्दै ओलीले भन्नुभयो ‘सरकार छैन,नीति कार्यक्रम कसको हो,अन्यौल छ । यस्तो वेलामा सरकारलाई किन भगाइएको हो । राष्ट्रिय सहमतिको सरकार बनाएर अहिलेको संक्रमणकाललाई अन्त्य गर्नुपर्छ ।’
मधेशकेन्द्रित राजनीतिक दलका माग पूरा भएको दावी गर्दै उहाँहरुलाई पनि निर्वाचनमा सहभागी हुन ओलीले आग्रह गर्नु भयो । ‘स्थानीय तहको संख्या ७१९ लाई उहाँहरुको माग पूरा गर्न ७४४ बनाइयो । दोस्रो चरणको निर्वाचन सार्नुपरयो भन्नुभयो’ओलीले भन्नुभयो ‘ हामीले जेठ ३१ गतेका लागि स्थानीय तहको दोस्रो चरणको मिति तोक्यौ । उहाँहरुका माग पूरा भएका छन । बाँकी गुनासाहरुलाई चुनावपछि सम्बोधन गर्न सकिन्छ ।-’अन्नपूर्ण बाट , नरेन्द्र साउद

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget