Websoft University

www.radiomakalu.com || 021-522512


तिक्तता घटाउन संसद बैठक स्थगितः सभामुख

तिक्तता घटाउन संसद बैठक स्थगितः सभामुख

काठमाडौं,  वैशाख २४ गते । सभामुख ओनसरी घर्ती मगरले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचकाे तिक्तता घटाउन संसद बैठक स्थगित गरिएको बताउनु भएको छ।
आइतबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी सभामुख घर्तीले छलफल र वार्ताका माध्यमबाट नै समस्याको समाधान निस्किने भएकाले तिक्तता घटाउन संसद बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि सारिएको बताउनु भएको हो। उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम, कर्तव्य र अधिकारबारे संविधानले स्पष्ट व्यवस्था गरेकाले सवै अंग आफ्नो सीमाभित्र बस्नु पर्ने बताउनुभयो।
उहाँले क्षेत्राधिकारबारेको विवाद बढ्दा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न स्थानीय तहको निर्वाचनलाई असर गर्ने भएकाले वार्ता र छलफलबाटै सम्यमतापूर्वक समस्याको समाधान निकाल्नु पर्ने बताउनुभयो।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशतर्फ इंकित गर्दै सभामुख घर्तीले भन्नुभयो,‘संसदमा प्रवेश गरेको विषय संसदको विशेषाधिकार हो। त्यसलाई कसैले हस्तक्षेप गर्न मिल्दैन।’-नरेन्द्र साउद , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget