Websoft University

www.radiomakalu.com || 021-522512


दाहालको राजीनामाको देउवाद्वारा स्वागत


शेरबहादुर देउवालेको लागि तस्बिर परिणाम
काठमाडौं,  जेठ ११ गते ।   कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च प्रशंसा गर्नुभएको छ । कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमतिअनुसार दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएलगत्तै पूर्वप्रधानमन्त्री देउवाले धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले बुधबार देशवासीको नाममा सम्बोधन गर्दै कांग्रेस र माओवादी केन्द्रबीच संविधानको स्वीकार्यता विस्तार र कार्यान्वयन गर्ने उद्देश्यसाथ सरकार गठन भएको र दुई दलको सहमतिअनुसार सरकारको नेतृत्व परिवर्तन गर्न राजीनामा गरेकोमा देउवाले धन्यवाद दिनुभएको हो । देउवाले बुधबार साँझ जारी गरेको वक्तव्यमार्फत भन्नुभएको छ, ‘सरकार परिवर्तनको प्रक्रियाले दोस्रो चरण निर्वाचन प्रभावित हुँदैन । पूर्वनिर्धारित समय जेठ ३१ गते नै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु ।'
देउवाले प्रचण्ड सरकारको १० महिनाको प्रशंसा गर्नुभएको छ । ‘सरकार गठन भएको १० महिनाभित्र संविधान संशोधन प्रक्रिया अगाडि बढेको र १५ वर्षसम्म हुन नसकेको स्थानीय निर्वाचनअन्तर्गत पहिलो चरण स्थानीय तह निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपले सम्पन्न भएको छ । सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सराहनीय काम गरेको छ । यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास-निर्माण र आर्थिक गतिविधि सुचारु भएको हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रूपमा वृद्धि भई महत्ववपूर्ण उपलब्धि प्राप्त भएको छ ।'
‘यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यको उच्च प्रशंसा गर्दै उहाँलाई हार्दिक बधाई दिन चाहन्छु', देउवाले भन्नुभयो । कांग्रेस सभापति देउवाले दुई दलबीच भएको राजनीतिक सहमतिअनुसार सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने वचनसमेत दिनुभएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget