Websoft University

www.radiomakalu.com || 021-522512


भक्तपुरमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट


भक्तपुरमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट

भक्तपुर आगलागी) भक्तपुर नपा १ टेखापुखुमा भएको आगलागी नियन्त्रण प्रयास गर्दै सुरक्षाकर्मी ।तस्बिरः बालकृष्ण बनमाला

भक्तपुर,  वैशाख २४ गते ।   भक्तपुर नगरपालिका १ टेखापुखुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । खाना पकाएर त्यसै छाडिएको भुसे चुल्होबाट सल्किएको आगोले पाँच घर सखाप पारेको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार इन्द्र शिल्पकारको घरबाट सुरु भएको आगो क्रमशः कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रभक्त शिल्पकार र न्हुछेमाया शिल्पकारको घरसम्म फैलिएको थियो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले भुसे चुल्होबाट सुरु भएको आगो फैलिएर घर नै जलाउन थालेपछि गए राती करिब २ बजेमात्रै जानकारी आएको बताउनुभयो ।
आगलागीबाट के कति क्षति भए भन्नेबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । पाँच घरमध्ये चन्द्रभक्त शिल्पकारले आफ्नो घर भाडामा दिनुभएको थियो । त्यस्तै चन्द्रभक्त शिल्पकारको घरमा भने उहाँ र छोरा चन्द्रबहादुर गरी दुई परिवार बस्दै आएको थियो ।उक्त आगो निभाउन भक्तपुर, काठमाडौं र ललितपुरसँगै नेपाल प्रहरीको दमकल प्रयोग भएको थियो ।
प्रहरीका अनुसार सिकर्मी पेसामा आवद्ध शिल्पकारहरुको घरमा राखिएका काठ, प्लाइजस्ता काष्ठ सामग्रीमा आगो टिप्दा आगलागी झनै भीषण भएको थियो । साथै घर पनि काठ बढी प्रयोग गरिएको पुरानो शैलीको भएकाले पनि आगलागी नियन्त्रणमा लिन धेरै समय लागेको प्रहरीले जनाएको छ । आगलागीमा कुनै मानवीय क्षति नभए पनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामान सबै जलेर नष्ट भएको पीडितहरुले जनाएका छन् ।
आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आउन बाँकी भएको भक्तपुर प्रहरीले जनाएको छ ।-ईश्वरकाजी खाइजू , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget