Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोग अघि बढाउन संसदलाई संकट, आजको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना


सभामुख ओनसरी घर्ती


काठमाडौं, वैशाख २४ गते । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ ।

एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।


संसद सचिवालय स्रोतका अुनसार सभामुख ओनसरी घर्तीले छलफल गरेपछि मात्र आजको बैठकको कार्यसूची तय गर्ने भनेकी छन् । अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । त्यसैले आइतवारको संसद बैठक सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget