Websoft University

www.radiomakalu.com || 021-522512


एथ्लेटिको बिल्वाओका भाल्भर्डे बार्सिलोनाका प्रशिक्षक नियुक्त



स्पेनिस क्लव बार्सिलोनाले एथ्लेटिको बिल्वाओका एर्नेष्टो भाल्भर्डेलाई नयाँ प्रशिक्षककमा नियुक्त गरेको छ ।


सिजनको अन्त्यसँगै लुइस इनरिकेले पद त्याग गरेपछि रिक्त स्थानमा बार्सिलोनाले भाल्भर्डेलाई नियुक्त गरेको हो ।

भाल्भर्डेले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन् । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयले ५३ बर्षीय भाल्भर्डे निर्णय गर्नसक्ने खुवी भएको, क्षमतावान र अनुभवी रहेकाले नियुक्त गरेको उल्लेख गरेका छन् ।

बार्सीलोनाका पूर्व स्ट्राइकर भाल्भर्डेले गत साता एथ्लेटिको विल्बाओ छोड्ने घोषणा गरेका थिए । उनले सन १९८८ देखि १९९० सम्म डच प्रशिक्षक योहान क्रफको नेतृत्वमा बार्सिलोना बाट खेलेका थिए ।

२४ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका भाल्भर्डेले २२ खेल खेल्दै आठ गोल गरेका थिए । चोटका कारण उनले दुइ सिजन मैदान बाहिर विताएका थिए । बार्सिलोना छाडेर एथ्लेटिको बिल्वाओ पुगेका भाल्भर्डेले त्यसयता ६ वर्षको अवधिमा एक सय ७० खेल खेल्दै ४४ गोल गरेका थिए ।

राष्ट्रिय टोलीका लागि भने उनले मात्र एक खेल खेलेका छन् । १९९२ को युरोकप छनौट खेलमा आइसल्यान्ड विरुद्ध भाल्भेर्डेले राष्ट्रिय जर्सी लगाएर १९ मिनेट खेलेका थिए । १९९७ मा खेल जीवनबाट सन्यास लिएपछि उनले बिल्वाओको युवा टिम सम्हाल्दै प्रशिक्षकको करियर सुरु गरेका थिए । २००३-४ को सिजनमा भाल्भर्डे बिल्वाओकै ए टिमको प्रशिक्षक बनेका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget