Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो चरणको मतगणना तत्काल गर्न तीन दल सहमत

बजेटमा कुरो मिल्यो, संविधान संशोधनमा मिलेन



काठमाडौं, वैशाख २५ गते ।  प्रमुख तीन दलका नेताहअरु पहिलो चरणको निर्वाचनको मत गणना तत्काले गर्न सहमति भएका छन् ।


बैशाख ३१ मा हुने पहिलो चरणको चुनावको मत गणना दोस्रो चरणको मतदान सकिएपछि जेठ ३१ पछाडिमात्रै गर्नुपर्ने आवाज उठिरहेको थियो ।

तर, आइतबार बालुवाटारमा भएको प्रचण्ड, केपी ओली र शेरबहादुर देउवावीचको छलफलमा तीनै नेताहरु तत्काल मतगणना गर्न सहमत भएका हुन् ।

त्यसै गरी तीन नेताहरु आगामी वर्षको वजेट जेठ १५ मै ल्याउन सहमत भएका छन् । तर, उक्त बजेट कामचलाउ मात्रै ल्याइने र त्यसले चुनावलाई प्रभाव पार्न नहुनेमा नेताहरु सहमत भएका छन् ।

जेठ १५ मै बजेट ल्याएपछि दोस्रो चरणको चुनाव जेठ ३१ मै गर्न एमालेले पनि सहमति जनाएको छ ।

तर, अब दोस्रो चरणको निर्वाचनका लागि वातावरण बनाउन संविधान संशोधन गरेर मधेसी दललाई पनि चुनावमा ल्याउनुपर्ने हुन्छ । यसमा चाँहि एमालेले संविधान संशोधनमा समर्थन गर्न नसकिने पुरानो अडान यथावतै राखेको छ ।

आइतबार बालुवाटारमा भएको छलफलमा पनि एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा समर्थन नगर्ने बताएका थिए ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget