Websoft University

www.radiomakalu.com || 021-522512


बजेट अधिवेशन सुरु, आज पूर्वबजेट छलफल


samsad
काठमाडौँ, जेठ ९ गते ।  आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल मङ्गलबार सुरु हुँदैछ ।  संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ ।  सरकारका तर्फबाट पेस भएका प्राथमिकतामा संसद्मा छलफल सुरु हुनेछ ।
सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार एक दिनमात्र बजेटको प्राथमिकतामा छलफल हुनेछ ।  छलफलपछि सरकारले सोही प्राथमिकताका आधार बजेटको तयारी गर्नेछ ।  संवैधानिक प्रावधानअनुसार जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ ।
बिहीबार सदनमा सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।  नीति तथा कार्यक्रममा पनि सदनमा जेठ ११ गतेको दोस्रो बैठकपछि दुई दिनसम्म छलफल हुनेछ ।
यसैबीच, संसद्को बजेट अधिवेशन सोमबार सुरु भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानका लागि गर्नुभएको पत्राचार सदनमा पढेर सुनाउँदै सभामुख ओनसरी घर्तीले अधिवेशनको सुरुवात गर्नुभएको हो ।
संसद्को गत वर्षको बजेट अधिवेशन जेठ ४ गतेमात्र अन्त्य भएको थियो ।  नेपालको इतिहासमै लामो भनिएको यो अधिवेशन १३ महिनामा अन्त्य भएको थियो ।  अधिवेशन अन्त्य भएकै भोलिपल्ट राष्ट्रपतिले पुनः बजेट अधिवेशन आह्वान गर्नुभएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget