
काबुल : अफगानिस्तानको राजधानी काबुलमा भारतीय दूतावास लगायत केही विदेशी दूतावास अगाडि शक्तिशाली बम विफोस्ट भएको छ । बुधबार बिहान गराइएको शक्तिशाली आत्माघाती कार बम बिस्फोटमा परी करीब ५० जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको अफगानी अधिकारीहरुलाई उदृत गर्दै अफगानी सञ्चार माध्यामहरुले जनाएका छन् ।

बम बिस्फोट भएको क्षेत्र काबुलको उच्च सुरक्षा सतर्कता रहने क्षेत्रमा पर्छ । घटनापछि सुरक्षकर्मीले उक्त क्षेत्रलाई घेरामा राखिरहेका छन् । हालसम्म बम हमलाको जिम्मा कसैले नलिएको भएपनि धार्मिक अतिवादीहरूले आक्रमण गरेको अनुमान गरिएको छ । (एजेन्सी)
Post a Comment