Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउन यसरी हुन्छ रातभरी काम (फोटोफिचर)



काठमाडौं, बैशाख २७ गते । काठमाडौंबासीलाई आउँदो दशैंसम्म मेलम्चीको पानी खुवाउने योजनाका साथ काठमाडौंमा रातभरी काम हुने गरेको छ ।

यस अन्र्तगत चक्रपथ भित्रका क्षेत्रमा खानेपानी वितरणको कार्य निर्धारित समयमा सक्नका लागि आयोजना कार्यान्वयन निर्देशनालयले तीब्र गतिमा काम गरिरहेको छ ।

मंगलबार राती १० बजेदेखि बिहानसम्म प्याकेज ३ डिएनआई ८ अन्र्तगत ललितपुरको कुपन्डोलमा पाइपलाइन बिच्छाउने काम भइरहेको थियो । यो प्याकेज अन्र्तगत टेकुदोभान, कुपन्डोल, कानदेवतास्थान, पुल्चोक, जावलाखेल, एकान्तकुना, भनिमण्डल, चक्रपथ, सानेपा पुल, बागमती नदी हुँदै टेकु दोभान भित्रका सम्पूर्ण पाइपलाइन बिस्तारको काम भइरहेको हो ।

यस्तै प्याकेज २ अन्र्तगत डिएन आई ५ अन्र्तगत ललिपुरको कुपन्डोलमा खानेपानीको पाइपलाइन बिच्छाउने काम भइरहेको थियो । यो प्याकेज अन्र्तगत कुपन्डोल, यूएनपार्क, शंखमूल, मनोहरा खोला, बालकुमारी, चक्रपथ, ग्वार्को, मंगलबजार, पुल्चोक, हिमालय होटल, ज्वागल चोक हुँदै कुपन्डोल भित्र पर्ने सम्पूर्ण क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइहरेको छ ।

प्याकेज ३ अन्र्तगत कुपन्डोल लगायतका क्षेत्रमा पाइपलाइन बिछ्याउने ठेक्का ताइन्जेन रमन जेवी निमार्ण व्यवसायी कम्पनीले पाएको छ ।
सो कम्पनीका इन्जिनियर प्रद्युम्नमान चित्रकारका अनुसार सडकमा साँढे १ मिटर गहिरो बनाएर ५ सय एमएमको पाइप बिच्छाउने काम भइरहेको छ । पाइप बिछ्याएपछि २० सेन्टिमिटर बालुवाले पुरीसकेपछि अन्य माटोले पुर्ने काम भइरहेको जानकारी दिए ।

यस्तै मेलम्ची खानेपानी उपआयोजना २ आयोजना कार्यान्वयन निर्देशनालयका उप निर्देशक हिमेश बैद्यले थोक बितरण प्रणालीको करिब ६० दशमलव ६ किलोमिटर बिछ्याउनुपर्नेमा ४७ किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार वितरण सञ्जालको ६ सय ७० किलोमिटर बिछ्याउनुपर्नेमा ५ सय ६० किलोमिटर पाइपलाइन बिछ्याउने काम भइसकेको छ ।
यस्तै पहिलो चरणको ६ ओटा पानी संकलन केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने दोश्रो चरणको ३ वटा संकलन केन्द्रको १५ प्रतिशत काम सकिएको छ ।-रातोपाटी  बाट।,  शम्भु दंगाल/कृष्ण खड्का

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget