
प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा वर्ष बाधक बनेपछि मध्यपश्चिम र मध्यामाञ्चलको टोलीले अंक बाँडेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको समूह ए अन्तर्गतको खेलमा मध्यपश्चिमले टस जितेर ब्याटिङ गर्दै ४३.२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो ।
उसका लागि राजवीर सिंहले ६३ रनको अर्धशतकीय पारी खेले । पाचौं विकेटको रुपमा आएका उनले ९५ बल खेलेर ३ चौका र एक छक्का प्रहार गरे । मध्यपश्चिमका लागि प्रनित थापामगरले २० र अमरसिंह रौतेलाले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ मध्यामाञ्चलका लागि किशोर महतोले ४ विकेट लिए । त्यस्तै हरिशंकर शाहले २ तथा रशिद खान र रम्साद आलमले १/१ विकेट लिए ।
१२४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मध्यामाञ्चलले ४.२ ओभरमा १ विकेट गुमाएर २३ रन जोड्दा वर्षाले खेल स्थगित भयो । पछि खेल हुन सकेन र दुवैलाई एक एक अंक प्रदान गरियो ।-अनलाइनखबर
Post a Comment