Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीद्वारा चितवनमा मतदान

चितवन, वैशाख ३१ गते ।   प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । चितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ ।
रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने भएको छ ।  त्यस्तै दाहालले उपमेयर पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएकी पार्वती शाहीलाई मतदान गर्नुभएको छ । माओवादी र कांग्रेसबीच समझदारी भएअनुरुप दाहालले उपमेयरमा नेपाली कांग्रेसलाई भोट हाल्नुभएको हो ।
दाहालले भरतपुर महानगरपालिका ४ स्थित लंकु माध्यमिक विद्यालयको ख केन्द्रबाट मा मतदान गर्नुभएको हो । शनिवार नै चितवन आउनुभएका प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक निर्वाचन भएकोले सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ ।
आफुले अपेक्षा गरेभन्दा बढी सफल हुने विश्वास समेत ब्यक्त गर्नुभयो । आवश्यकता अनुसार काँग्रेस संग तालमेल गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले बिहान सात बजे सबैभन्दा पहिला मत हालेर मतदान प्रकृया सुरु गर्नुभएको हो ।
चितवनमा मतदाताहरु उत्साहित भएका छन । यसपटक छोरी रेणु दाहाल महानगर प्रमुख पदको उम्मेदवार बन्नुभएको छ । मतदान गरेपछि प्रधानमन्त्री पत्नी सिताले मतदान गर्ने शान्तिपुर राप्राविको जानुभएको छ । प्रधानमन्त्री दाहाल आजै नै राजधानी फर्कनुहुनेछ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget