Websoft University

www.radiomakalu.com || 021-522512


नेपालगन्जका स्थानीय बासिन्दा भन्छन् – यो स्थानीय चुनाव हो कि, संविधानसभाको चुनाव ?



नेपालगन्ज, जेष्ठ १४ गते |  स्थानीय तहको चुनावको प्रचारप्रसार हेर्दा नेपालगन्ज उपमहानगरपालिकाबासीलाई तीन वर्षअघि सम्पन्न संविधानसभा चुनाव जस्तै लाग्न थालेको छ ।





अहिलेसम्म उपमहानगरपालिकाको प्रमुखका लागि प्रमुख दलले सार्वजनिक गरेका उम्मेद्वार सबै संविधानसभा चुनावमा उम्मेद्वार बनिसकेका छन् । चर्चामा रहेका उम्मेद्वार पनि संविधानसभा चुनावको उम्मेद्वार हुन् ।

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पूर्व उपमेयर सम्सुद्धिन सिद्दिकीलाई उम्मेद्वार बनाएको छ ।

सिद्दिकी २०६४ सालमा भएको संविधानसभा चुनावमा नेकपा एमालेका तर्फबाट सभासद पदमा समेत उठ्नुभएको थियो ।

यसपटक इस्लाम धर्मावलम्बीहरुको रजमान महिना सुरु भइरहँदा कठोर व्रत बसेका सिद्दिकी चुनाव प्रचारप्रसारमा पनि खटिनुभएको छ । सिद्दिकी प्रमुख पार्टीबाट मेयरमा उठ्ने एकमात्र मुस्लिम उम्मेद्वार हुनुहुन्छ ।  
राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणा र नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य दामोदर आचार्य तीनबर्ष अघि सम्पन्न संविधानसभा चुनावमा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धी हुनुहुन्थ्यो । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जितेको यस क्षेत्रबाट डा. राणा दोस्रो र आचार्य तेस्रो हुनुभयो ।

अहिले स्थानीय तहको चुनावमा दुबैजना फेरि एकसाथ प्रतिस्पर्धामा उत्रिनुभएको छ । डा. राणा राप्रपा र आचार्य नेकपा माओवादी केन्द्रका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उम्मेद्वार बन्नु भएको छ । राणा र आचार्य मात्रै होइन, नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धीहरु अधिकांश संविधानसभा चुनावमा उठेका थिए ।  
नेपाली कांग्रेसबाट मेयरमा डा. सुरेश कुमार कनोडिया र सुरेन्द्र हमालको चर्चा रहेको छ । राखेपका कोषाध्यक्ष हमाल नेपालगन्ज उपमहानगरपालिकाका पूर्व उपमेयर हुनुहुन्छ भने डा. कनोडिया पनि २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेद्वार हुनुहुन्थ्यो ।

बाँकेमा मधेस केन्द्रीत दलबाट राजपाका तर्फबाट सह महामन्त्री पशुपति दयाल मिश्रा र संघीय समाजवादी फोरम नेपालबाट कमरुद्दिन राईको नाम चर्चामा रहेको छ । मिश्रा र राई २०७० मा सम्पन्न संविधानसभा चुनावमा तमलोपा र फोरम नेपालबाट उम्मेद्वार बन्नुभएको थियो । अहिले नेपालगञ्जको मेयर पदका उठेका अधिकांश उम्मेद्वारहरु संविधान सभाको चुनावमा उठेकाले स्थानीय बासिन्दा भन्छन् ‘यो संविधान सभाको चुनाव हो कि, स्थानीय तहको चुनाव हो ?’ उज्यालो अनलाइनबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget