Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडाैंवासीलार्इ नै थाहा छैन मत हाल्ने तरिका !




काठमाडौँ, वैशाख २६ गते । स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको काठमाडौँको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ ।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन् । प्रचारप्रसारका लागि छोटो समय भएकाले दलहरुलाई पनि प्रत्येक घरमा पुगेर मत माग्ने र हाल्न सिकाउने समय छैन ।

स्थानीय निर्वाचन नभएको २० वर्ष पूरा भएकाले पनि मतदातामा स्थानीय जनप्रतिनिधिलाई मत हाल्ने तरिका हुन नसकेको हो । संविधानसभा निर्वाचनमा मतदाता शिक्षाका लागि सरकारी र गैरसरकारीस्तरबाट व्यापक रुपमा मतदाता जागरणका कार्यक्रम अघि सारिए पनि आसन्न निर्वाचनमा त्यस्तो हुनसकेको छैन ।

काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा यातायातको पहुँचभन्दा टाढा रहेका बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन । गोकर्णेश्वर नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्कका बासिन्दा मङ्गलबहादुर तामाङले अहिलेको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने अझै थाहा पाउन नसकिएको बताउनुभयो ।

“संविधान सभा निर्वाचनका बेला यससम्बन्धी जानकारी दिन निर्वाचन आयोगले खटाएका मानिस आएका थिए, यस पटक स्थानीय नेता छान्ने निर्वाचन भएकाले नआएका हुन् कि ? मत कसरी र कति जनालाई हाल्ने भन्नेमा हामी प्रस्ट छैनौँ”, उहाँले भन्नुभयो ।

कागेश्वरी मनोहरा नगरपालिकाका गागलफेदी र कागेश्वरी, शङ्खरापुर नगरपालिकाका वज्रयोगिनी, चौकीभन्ज्याङ र पटापलगायत दुर्गम स्थानमा पनि मतदाता शिक्षा पुग्न नसकेको स्थानीय मतदाताको गुनासो छ । नगरपालिकाको सुगम मानिएका जोरपाटी, गोकर्ण, मूलपानी, इन्द्रायणी, साँखुलगायत स्थानका कुना कुनाका मतदाताले पनि यस पटक कसरी मतदान गर्ने भन्ने थाहा पाउन नसकिएको बताए ।

दक्षिणढोकाका विष्णुप्रसाद सापकोटा रेडियो र टेलिभिजनका विज्ञापनमा मतदानको तरिका सिकाउन प्रशिक्षणप्राप्त मतदाता शिक्षक आउँछन् भन्ने जानकारी पाए पनि अहिलेसम्म भेट्न नसकिएको बताउनुहुन्छ । अबको पाँच दिनमा निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिन सरल र सहज तरिका नअपनाए निर्वाचनमा धेरै मत बदर हुन सक्ने सम्भावना देखिएको छ । रासस



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget