Websoft University

www.radiomakalu.com || 021-522512


किन आवश्यक छ सन्तुलित आहार ?



अक्सर खानाको कुरा गर्दा हामी स्वाद खोज्छौं । कोहि स्वादको लागि खाना खान्छन्, कोहि अघाउनका लागि । हाम्रो शरीर अनुसार कति खाना खाने, के खाने भन्ने कुरामा भने हामी त्यति ख्याल गर्दैर्नौं । यसको नतिजा ले नै हो, शरीरमा विभिन्न रोग पैदा भएको ।


हाम्रो शरीरमा आवश्यक विभिन्न तत्व खानेकुराको माध्यामबाट आपूर्ति हुन्छ । त्यसैले हाम्रो खानेकुरामा ती सबै तत्व सामेल हुन जरुरी छ, जो शरीरलाई चाहिन्छ । यद्यपी हामी स्वादको चक्कर र अघाउने ध्याउन्नमा शरीरका लागि आवश्यक खानेकुराको ख्याल गर्दैनौ ।

किन आवश्यक छ ?

शरीरलाई सधै स्वस्थ्य, उर्जावान, चलायमान राख्नका लागि सन्तुलित खानेकुरा आवश्यक छ । शरीरको अंगले राम्ररी कार्य-सम्पादन गर्नका लागि उचित पोषक तत्व आवश्यक हुन्छ । राम्रो पोषक तत्व बिना हाम्रो शरीर रोगी, जीर्ण हुन्छ । थकान लाग्छ, संक्रमण फैलन्छ ।

सन्तुलित भोजनको अभावमा हाम्रो शरीरले उचित ढंगले काम गर्न सक्दैन । शारीरिक मात्र होइन, मानसिक विकासमा पनि यसले अवरोध ल्याउँछ ।

कसरी लिने सन्तुलित भोजन ?

सन्तुलित भोजन त्यही हो, जसमा हाम्रो शरीरको लागि आवश्यक सबै तत्व हुन्छ । हाम्रो शरीरलाई भिटामिन, मिनरल्स, क्याल्सियम, कार्बोहाइड्रेड, फाइबर, खनिज जस्ता पोषक तत्व आवश्यक हुन्छ ।

सागसब्जीबाट हामीले भिटामिन र खनिज प्राप्त गर्छौ । हरियो, पत्तेदार साग सब्जीमा अधिक पोषक तत्व हुन्छ ।

दुधजन्य उत्पादनमा क्याल्शियम, भिटामिन-डी आदि पाइन्छ । यद्यपी सन्तुलित भोजनको लागि कम वोसोयुक्त दुधजन्य उत्पादन सेवन गर्नु राम्रो हो ।

मासु, अण्डा प्रोटिनको स्रोत हो । प्रोटिनले हाम्रो मस्तिष्क र मांसपेशीको विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

क्यालोरी

क्यालोरी भोजनको त्यो हिस्सा हो, जसले शरीरमा उर्जा प्रदान गर्छ । साथै शरीरको उर्जा बचत गर्न पनि सघाउँछ । भोजनमा रहेको क्यालोरीकै कारण शरीर चलायमान हुने हो । प्रत्येक व्यक्तिका लागि प्रतिदिन लगभग २ हजार क्यालोरी आवश्यक हुन्छ । यद्यपी क्यालोरीको मात्रा मासिनको उमेर, लिंग र शारीरिक क्रियशिलतामा पनि निर्भर गर्छ ।

सन्तुलित भोजन

फल– फलमा पोषक तत्व त उच्च मात्रामा हुन्छ नै, यो चाँडै पच्छ पनि । भोक लाग्नसाथ बिना झन्झट फल सेवन गर्न सकिन्छ । यद्यपी फल मौसम अनुसार सेवन गर्नुपर्छ । वेमौसमी फल स्वास्थ्यका लागि लाभदायक हुन्न ।

सब्जी– खनिज र भिटामिन ग्रहण गर्ने राम्रो माध्याम हो, सब्जी । हरेक पटकको खानामा सब्जी सामेल गर्नुपर्छ । हरियो पत्तेदार सब्जीसँगै विभिन्न रंगको सब्जीमा अलगअलग पोषक तत्व पाइन्छ ।

अन्न– सेतो चामल वा सेतो ब्रेड भन्दा ब्राउन राइस, ब्राउन ब्रेड आफ्नो खानामा सामेल गर्नु राम्रो हो । दालको सेवनले पनि शरीरमा फाइदा गर्छ ।

दुधजन्य उत्पादन-दुधजन्य उत्पादनमा क्याल्सियम, भिटामिन डी हुन्छ । न्युन वोसो भएको दुधजन्य परिकार सेवन गर्नुपर्छ ।

बोसो र चिनीजन्य खानेकुरा-बोसो र चिनी दुबैले हाम्रो शरीरमा उर्जा प्रदान गर्छ । तर, आवश्यक्ता भन्दा बढी सेवन गर्दा यो उर्जा संचित हुन्छ । शरीरको एक भागमा गएर यो जम्मा हुन्छ । परिणामतः शरीर मोटो हुन थाल्छ । यसले अनेक रोग निम्त्याउँछ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget