Websoft University

www.radiomakalu.com || 021-522512


सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो – प्रधानमन्त्री



काठमाडौँ, जेठ ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा स्वागत गर्दै उहाँले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहालले भन्नुभयो – “भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईंहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईंहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।”

नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरु अगाडि बढेको भन्दै उहाँले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा नयाँ शक्तिका नेताहरु डा चेतकुमारी गुरुङ, डा चन्द्र लक्जम्बालगायतका केन्द्रीय नेता प्रवेश गर्नुभएको थियो ।

माओवादी केन्द्र प्रवेश गर्दै नेता खम्बुले केन्द्रमा निहित अधिकार जनताको घरआँगनमा लैजान माओवादी केन्द्र र प्रचण्डको अतुलनीय योगदान रहेको बताउँदै माओवादी केन्द्रकै नेतृत्वमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा नयाँ शक्तिका नेताद्वय डा लक्जम्बा र डा गुरुङले अहिले हेर्दा सामान्य लागे पनि गाउँपालिका र नगरपालिकाको माओवादी अवधारणाले केही वर्षमा नेपालको आर्थिक विकास र समृद्धिमा कायापलट आउने भएकाले त्यसबाट प्रभावित भएर आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget