Websoft University

www.radiomakalu.com || 021-522512


कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसद्‍मा छलफल हुन सकेन


कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि संसद्‍मा छलफल हुन सकेन
काठमाडौं,  वैशाख २२ गते ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुको अबरोधका कारण संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल हुन सकेन। संसद बैठकमा सभामुख कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको थियो।

शुक्रबार दिउँसो बसेको संसद बैठक सुरु हुना साथ सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मिन विश्वकर्मालाई बोल्न समय दिनु भयो। तर, एमालेसहितका विपक्षी दलहरुले सांसद विश्वकर्मालाई रोष्टमसम्म जान दिएनन्।
बैठक सुरु भएसँगै एमालेसहितका विपक्षी दलका सांसदहरु कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको विरोध गर्दै नाराबाजीमा उत्रिएका थिए। विपक्षी दलको अबरोधपछि सभामुख घर्तीले संसद बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नु भयो।
शुक्रबार बिहान बसेको संसद बैठकमा एमालेसहितका दलहरुको विरोध र होहल्लाबीच सभामुख घर्तीले कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि समय तोक्नु भएको थियो।-नरेन्द्र साउद, अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget