Websoft University

www.radiomakalu.com || 021-522512


तीन दलको बैठक जारी, महाअभियाेग र चुनावबारे छलफल

 तीन दलको बैठक जारी, महाअभियाेग र चुनावबारे छलफल 

काठमाडौं,  बैशाख २२ गते ।   प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र स्थानीय तहको निर्वाचन लक्षित गरी प्रमुख तीन दलको बैठक बसीरहेको छ प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच संसद भवनमा केही बेरअघिदेखि बैठक सुरु भएको हो ।
सभामुख ओनसरी घर्र्तीको कार्यकक्षमा बसिरहेको बैठकमा सभामुख घर्ती, उपसभामुख गंगा यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाले संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ, कानूनमन्त्री अजय शंकर नायक र तीनै दलका प्रमुख सचेतकहरुको उपस्थित हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश विरुद्ध ल्याइएको महाभियोग फिर्ता लिनुपर्ने दवाव दिदैँ संसद अवरोध गर्दै आएको छ भने सत्तारुढ कांग्रेस र माओवादीले महाभियोग फिर्ता नलिने अडान लिदैँ आएका छन् । बैठकमा एमालेले स्थानीय तहको दोस्रो चरणका निर्वाचन जेठ १५ गते अगावै गर्नु पर्ने र दोस्रो चरणको मतदानअघि पहिलो चरणको मतगणना गर्न नहुने अडान लिएको छ । अहिले शीर्ष दलबीच बैठक जारी छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget