Websoft University

www.radiomakalu.com || 021-522512


पर्वतमा एमाले चार र काँग्रेस तीन स्थानमा



फलेवास (पर्वत), जेठ ५ गते । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह र ६१ वटै वडाको मतपरिणाम सार्वजनिक भइसकेको हो । पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ ।

पर्वतमा नेकपा (एमाले) र काँग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो । कुश्मा नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभयो । उहाँले आठ हजार ५७ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का मेघनाथ सुवेदीले सात हजार २३९ मत प्राप्त गर्नुभएको थियो ।

कुश्मा नगरपालिकाको उपप्रमुखमा नेकाकै सीता काफ्ले लामिछानेले आठ हजार ४१९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी नेकपा (एमाले)की मुवादेवी शर्माले सात हजार २३ मत पाउनुभएको छ ।

फलेवास नगरपालिकामा नेकपा (एमाले)का पदमपाणि शर्माले ६ हजार १०३ मत प्राप्त गर्दै प्रमुखमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका गङ्गाधर तिवारीले पाँच हजार ६५५ मत प्राप्त गर्नुभएको थियो । उक्त नगरपालिकाको उपप्रमुखमा एमालेकै मञ्जु अधिकारीले पाँच हजार ९५४ मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँकी प्रतिस्पर्धी नेकाकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।

दक्षिणको महाशिला गाउँपालिकामा नेकपा (एमाले)का राजु पौडेल दुई हजार ४५३ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकाका उज्जवल गुरुङले दुई हजार १० मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा नेकपा (एमाले)कै हिरादेवी थापा दुई हजार ४८२ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकाकी सृजना मल्ल ठकुरीले एक हजार ९९१ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, बिहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमल भुषालले दुई हजार ४२० मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी डम्मरकुमारी गुरुङ विजयी हुनुभयो । उहाँले दुई हजार ३१५ मत प्राप्त गर्नुभयो भने नेकाकी विष्णुकुमारी खड्काले दुई हजार २८९ मत पाउनुभएको थियो ।

मोदी गाउँपालिकामा एमालेका प्रेमप्रसाद पौडेलले पाँच हजार ६३४ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकाका विश्वप्रकाश प्रसाईंले तीन हजार ८१९ मत पाउनुभएको थियो । उपाध्यक्षमा एमालेकै सेती महतले पाँच हजार ३९९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नेकाकी मीना केसीले तीन हजार ८३४ मत पाउनुभएको थियो ।

उत्तरी पर्वतको जलजला गाउँपालिकाको प्रमुखमा नेकाका यामबहादुर मल्लले तीन हजार ७३३ मत पाउँदै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का लालबहादुर अधिकारीले तीन हजार ६८ मत पाउनुभयो । उपप्रमुखमा काँग्रेसकी सीमा पुनले तीन हजार ६८८ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमालेकी अनिता शर्माले तीन हजार ६५७ मत पाउनुभयो ।

दक्षिण पर्वतको पैँयू गाउँपालिकाको प्रमुखमा नेकाका खगेन्द्र तिवारी विजयी हुनुभयो । तिवारीले तीन हजार ४३१ मत पाउँदा एमालेका मित्रलाल बस्यालले दुई हजार ४४५ मत पाउनुभयो ।

उपाध्यक्षमा पनि नेकाकी जसमति गुरुङले तीन हजार १६८ मत प्राप्त गर्दै विजयी हुनुभयो भने एमालेकी गोमताकुमारी शर्माले दुई हजार ४८४ मत पाउनुभएको थियो ।

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकाका ३७ वटा वडामा एमाले विजयी भएको छ भने २० वडामा काँग्रेस र ४ वडामा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणको मतगणना सम्पन्न भइसकेपछि जिल्ला सभाको तयारीमा लागेको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget