Websoft University

www.radiomakalu.com || 021-522512


लमजुङको निर्वाचन तयारी पूरा, मतपत्र साँझ ७ बजेसम्म बाँडिने



लमजुङ,  वैशाख ३० गते  ।  । ८ स्थानीय तह रहेको लमजुङमा धमाधम मतदाता परिचय पत्र वितरण भइरहेको छ । वैशाख ३१ गते हुने स्थानीय तह चुनावमा मतदान गर्ने मतदातालाई विभिन्न मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गरिएको हो ।

एक सय ५५ मतदान केन्द्र रहेको यो जिल्लाको कूल मतदाता १ लाख ५ हजार ९ सय ९२ छन् ।


वैशाख २८ गतेबाट सुरु गरिएको मतदाता परिचयपत्र वितरण शनिबार साँझ ७ः३० बजेसम्म वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

लमजुङको बेसीशहर नगरपालिकामा कुल २१ हजार ३ सय ४७ मतदाता छन् । महिला मतदाताको संख्या ११ हजार ३ सय ७५ र पुरुष मतदाताको संख्या ९ हजार ९ सय ७२ छ । वेसीशहरको मतदान केन्द्र संख्या २९ छ ।

सुन्दरबजार नगरपालिकामा ८ हजार ९ सय ५७ महिला र ७ हजार ८ सय ९२ पुरुष मतदाता गरी कुल १६ हजार ८ सय ४९ मतदाता छन् । सुन्दरबजार नगरपालिकामा २३ मतदान केन्द्र रहेका छन् ।

यसैगरी, मध्यनेपाल नगरपालिकामा ८ हजार ४ सय ७१ महिला र ७ हजार ७ सय ७६ पुरुष गरी जम्मा १६ हजार २ सय ४७ मतदाता रहेका छन् । मध्यनेपाल नगरपालिकामा २३ मतदान केन्द्र रहेका छन् ।

राईनास नगरपालिकामा भने महिला मतदाता संख्या ६ हजार ७ सय ३ रहेको छ । पुरुष मतदाताको संख्या ६ हजार ९६ छ । यहाँ जम्मा १२ हजार ७ सय ९९ मतदाता संख्या रहेको छ । यो नगरपालिकाको मतदान केन्द्र संख्या १८ छ ।

७ हजार ८७ मतदाता रहेको क्होलासोँथर गाउँपालिकामा ३ हजार ७ सय ६५ महिला मतदाता र ३ हजार ३ सय २२ पुरुष मतदाता छन् ।

११ मतदान केन्द्र रहेको दूधपोखरी गाउँपालिकामा ३ हजार ६ सय ८२ महिला र ३ हजार ७ सय ६ पुरुष मतदाता छन् ।

दोर्दी गाउँपालिकामा ६ हजार ८३ महिला मतदाता छन् । पुरुष मतदाता संख्या भने ५ हजार ८ सय ७६ रहेको छ । यहाँ कुल मतदाता संख्या ११ हजार ९ सय ५९ रहेको छ । दोर्दीका मतदाताले विभिन्न १८ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

मस्र्याङ्दी गाउँपालिकामा ६ हजार २ सय २९ महिला, ६ हजार ८७ पुरुष मतदाता गरी कुल १२ हजार ३ सय १६ मतदाता रहेका छन् । यहाँ २२ केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी तुल्सीप्रसाद तिमिल्सनाले जानकारी दिए ।-
अनलाइनखबरबाट , विमला अधिकारी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget