Websoft University

www.radiomakalu.com || 021-522512


यस्तो लक्षण देखिए ब्रेन ट्युमर हुन सक्छ



शारीरिक असन्तुलन, वान्ता हुनु, दृष्टि धमिलो हुनु, टाउको दुख्नु जस्ता कुरालाई अक्सर मानिसले सामन्य मान्छन् । तर, कतिपय अवस्थामा यो गंभिर रोगको संकेत हुन सक्छ । सामन्य लाग्ने यस्ता लक्षण ब्रेन ट्युमरको हुन सक्छ । ब्रेन ट्युमर मस्तिष्कको कोशिकाको असामन्य रुपमा बिकास हुने गर्छ ।

कसलाई लाग्छ ब्रेन ट्युमर ?


क्यान्सर दुई प्रकारको हुन्छ, घातक र सामन्य । दुबै प्रकारको क्यान्सरमा ब्रेनको कोसिका नष्ट हुन्छ । ब्रेन ट्युमर हुनका लागि कुनै उमेरको भेद छैन । यद्यपी उमेर बढेसँगै यो रोगको खतरा बढेर जान्छ । ब्रेन ट्युमर रेडिएशन र कुनै केमिकलको अधिक प्रयोगले पनि हुन सक्छ । यो रोग आनुवांशिक पनि हुन्छ । अर्थात परिवारमा कसैलाई यो रोग छ भने अर्को पुस्तामा त्यो सर्न सक्छ ।

के कारणले हुन्छ ?

ब्रेन ट्युमरको खास कुनै कारण हुँदैन । यसको स्तर थाहा पाउनका लागि शोधकर्ताले केही मूख्य रिक्स फ्याक्तर पत्ता लगाएका छन् । ब्रेन ट्युमर भएको कतिलाई त थाहा पनि हुँदैन । यो एक खतरानाक र ज्यान लिने रोग हो, तर पहिलो चरणमै यसको उपचार गरे रोगबाट मुक्त हुन सकिन्छ ।

कसरी थाहा पाउने ?

वान्ता हुनु- ब्रेन ट्युमरको स्थितीमा धेरैलाई वान्ता हुने समस्या देखिन्छ । यस्तो समस्या विहानको समयमा बढी हुन्छ । जब मानिस एक स्थानबाट अर्को स्थानमा जान्छन्, वान्ता हुन सक्छ ।

टाउकोमा पीडा- टाउकोको पीडा ब्रेन ट्युमरको सुरुवाती लक्षण हुन् । यद्यपी धेरैले यसतर्फ ख्याल गरेका हुँदैनन् । टाउको दुख्ने समस्या पनि बिहान हुन्छ । जति ब्रेन ट्युमरको समस्या बढ्दै जान्छ, टाउको पनि उत्तिनै दुख्दै जान्छ ।

शारीरिक असन्तुलन- जब व्यक्तिको सेरिबैलममा ट्युमर हुन्छ, त्यसले उसको मुभमेन्टमा प्रभाव पार्छ । यसले गर्दा मानिसले आफ्नो शरीरको सन्तुलन गर्न सक्दैनन् ।

बोल्न झर्को लाग्ने-ट्युमर भएको व्यक्तिलाई बोल्न झर्को लाग्छ । यदि अचानक बिना कारण बोल्न मन लागेन वा झर्को लाग्यो भने चिकित्सककाहाँ परामर्श लिनुपर्छ ।

दृष्टि धमिलो हुनु- बे्रन ट्युमरको कारण मानिसको दृष्टि धमिलो हुन्छ । कुनैपनि कुरालाई स्पष्ट देख्न सक्दैनन् ।

बेचैन हुनु- बिना कारण बेचैन हुनु, रिस उठ्नु पनि यसको कारण हुन सक्छ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget