Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकार गठनका लागि आह्वान


bidya devi bhandari
काठमाडौंँ, जेठ १२ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजीनामा दिनुभएपछि राष्ट्रपति भण्डारीले सात दिनको समयसीमा दिएर सहमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।  
नेपालको संविधानको धारा २९८ (२) अनुसार उहाँले सरकार गठनको आह्वान गर्नुभएको हो ।  सात दिनको समयसीमामा सहमतिमा सरकार गठन हुन नसके उपधारा ३ अनुसार बुहमतीय प्रक्रिया सुरु हुनेछ ।  राष्ट्रपतिको आह्वानबमोजिम जेठ १८ गतेभित्र सहमतिमा सरकार गठन नभए बहुमतीय प्रक्रिया सुरु हुनेछ ।
राष्ट्रपति भण्डारीले ‘नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको’ राष्ट्रपतिको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सहमतिबाट प्रधानमन्त्री चयन नभए राष्ट्रपतिले बुहमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्राचार गर्नुहुनेछ ।  राष्ट्रपतिको पत्राचारअनुसार संसद् सचिवालयले प्रधानमन्त्री निर्वाचनको आन्तरिक कार्यतालिका प्रकाशन गर्नेछ ।  सचिवालयले छिटोमा तीन दिनभित्र बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको चुनाव गराउने गरी कार्यतालिका प्रकाशन गर्न सक्नेछ ।  सूचनाअनुसार सचिवालयले एक दिन मनोनयन दर्ता, एक दिन दाबी विरोध र मनोयन फिर्ताका लागि दिन सक्नेछ ।  तेस्रो दिनमा संसद्मा प्रधानमन्त्री चयनको निर्वाचन गर्ने गरी कार्यतालिका सचिवालयले तय गर्न सक्नेछ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको १० दिनमा वर्तमान प्रधानमन्त्री चयन हुनुभएको थियो ।  साउन ९ गते ओलीले राजीनामा दिनुभएपछि साउन १९ गते प्रचण्ड प्रधानमन्त्रीमा चयन
हुनुभएको थियो ।
संसद्मा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले बहुमतीय प्रक्रियामा प्रधानमन्त्री चयन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।  हाल कायम रहेको सङ्ख्याअनुसार बहुमतीय सरकार गठनका लागि २९७ सांसद आवश्यक पर्छ ।  दुई सत्ता साझेदार दल काँग्रेस र माओवादी केन्द्रसँग २८८ सदस्य छन् ।  कम्तीमा १० सिट रहेको सानो दलको समर्थनमा सहजै बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ ।
वर्तमान सरकार गठन हुँदा गत साउनमा नै प्रमुख सत्तारूढ दलहरू नेकपा (माओवादी) केन्द्र र नेपाली काँग्रेसबीच भएको सहमतिअनुरूप प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुभएको हो ।  सहमतिअनुसार अब नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिई बुधबार नै पदमुक्त भई कामचलाउ सरकार रहेको अवस्थामा नयाँ सरकार गठन गर्ने पहलस्वरूप बिहीबार बिहान नेपाली काँग्रेसका पदाधिकारीहरूको बैठकले यस विषयमा अनौपचारिक छलफल गरेको थियो ।  तर, बैठक बस्दासम्म राष्ट्रपतिबाट सरकार गठनका लागि औपचारिक आह्वान भइनसकेकाले त्यस विषयमा बैठकले केही निर्णय लिएको थिएन ।
बिहीबार साँझमात्र राष्ट्रपतिबाट सहमतिका आधारमा प्रधानमन्त्री निर्वाचनका लागि आह्वान भइसकेपछि शुक्रबारदेखि नेपाली काँग्रेसले यस विषयमा पहल गर्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले बिहीबारको व्यवस्थापिका–संसद्को बैठकमा आर्थिक वर्ष २०७४÷७५ को नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको हो । - गोरखपत्र

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget