Websoft University

www.radiomakalu.com || 021-522512


यसकारण दिए निधिले राजीनामा


यसकारण दिए निधिले राजीनामा
काठमाडौं, वैशाख १८ गते ।   लामो समयदेखि अपमानित महसुश गर्दै आएका र आफ्नै पार्टी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग टाढिँदै गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिनुभएको छ ।
आइतबार संसद्मा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावप्रति असन्तुष्टि जनाउँदै निधिले राजीनामा दिनुभएको हो । प्रधानन्यायाधीशविरुद्ध दर्ता महाभियोगप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएको दाबी गरे पनि निधिले त्यसलाई अवसरका रूपमा प्रयोग गरेको दाबी स्रोतले गरेको छ ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसमेत निधिको कार्यशैलीप्रति असन्तुष्ट हुनुहुन्थ्यो । निर्वाचन सुरक्षाका विषयमा ध्यान नदिएको, गृह प्रशासनलाई बेवास्ता गरेको, पार्टीका कतिपय निर्देशनलाई बेवास्ता गरेको र पार्टी सभापतिसँग द्वेषभावना राखेको आरोप उहाँमाथि लाग्दै आएको थियो ।
कांग्रेस, मधेसी मोर्चा र गृह प्रशासनभित्र समेत अलोकप्रिय बनेपछि निधि केही दिनदेखि तनावमा हुनुहुन्थ्यो । मेची–महाकाली अभियानका बेला निधिकै कारण सप्तरीमा हिंसा भड्किएको भन्दै एमालेले उहाँको राजीनामा माग गरेको थियो ।
उपप्रधानमन्त्री कमल थापासँग बरियता विवाद भएपछि केही दिन मन्त्रिपरिषद् बैठकसमेत बहिष्कार गर्नुभएका निधिले सुरक्षित अवतरण खोज्दै आउनुभएको थियो । ‘पार्टीबाट समेत आलोचित भएपछि निधि राजीनामा दिने उपयुक्त समय खोज्दै हुनुहुन्थ्यो', कांग्रेसका एक केन्द्रीय सदस्यले अन्नपूर्णसँग भने, ‘प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाभियोगको विषयलाई अवसरका रूपमा निधिले प्रयोग गरे ।'
निधिले गृहमन्त्री रहँदा पार्टी सभापति देउवालाई प्रतिस्पर्धीझैं व्यवहार गरेपछि देउवा असन्तुष्ट हुनुहुन्थ्यो । प्रहरी महानिरीक्षक नियुक्त गर्नेबारे समेत निधिले पार्टी लाइनलाई बेवास्ता गरेपछि कांग्रेस नेतृत्व उहाँप्रति क्रुद्ध थियो ।
प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा निधिले पार्टीलाइन क्रस गरेर अभिव्यक्ति दिएपछि देउवा उहाँप्रति थप सशंकित हुनुभएको थियो ।
कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल दुवै गृहमन्त्रीले राजीनामा दिऊन् भन्ने चाहनुहुन्थ्यो । गृहमन्त्री निधिले मन्त्रिपरिषद् बहिष्कार गरेका बेला प्रधानमन्त्री दाहालले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसहित अन्य तीनैवटा सुरक्षा निकायका प्रमुखलाई बोलाएर निर्वाचनकेन्द्रित सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget