Websoft University

www.radiomakalu.com || 021-522512


बिकेनन् पाकिस्तानी खेलाडी

बिकेनन् पाकिस्तानी खेलाडी

नयाँदिल्ली : भारत र पाकिस्तानबीचको राजनीतिक तनावको असर अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्रमा पनि परेको छ । क्रिकेटको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) को दसौं संस्करण सम्पन्न भइसक्दा पनि पाकिस्तानी खेलाडीले प्रवेश पाउन सकेका छैनन् । यसैगरी आगामी जुन २५ तारिखदेखि भारतमा सुरु हुन लागेको प्रो कबड्डीको पाँचौं संस्करणका लागि पाकिस्तानका १० जना खेलाडीलाई बिक्रीमा राखिए पनि उनीहरूलाई कुनै टोलीले किनेनन् ।
खेलाडी लिलामीको दोस्रो दिन मंगलबार बिक्रीका लागि १० जना पाकिस्तानी खेलाडीलाई राखिएको थियो । लिलामी प्रक्रियाको सुरुआत पाकिस्तानी खेलाडीबाटै भएको थियो । तर प्रो कबड्डीमा सहभागी १२ टोलीका मालिकले उनीहरूलाई किनेनन् । लिलामीका क्रममा पटकपटक ती खेलाडीको बोली लगाइए पनि टोलीका मालिकले उनीहरूप्रति ध्यान दिएनन् ।
पाकिस्तानी खेलाडी नबिक्नुको प्रमुख कारण दुई देशबीचको राजनीतिक तनाव रहेको जनाइएको छ । भारतीय खेलमन्त्री विजय गोयलले सोमबार पाकिस्तानी खेलाडीलाई भारतमा खेल्न इजाजत नदिने घोषणा गरेपछि त्यसको प्रत्यक्ष असर प्रो कबड्डीमा पर्‍यो । खेलकुदमन्त्रीको अभिव्यक्तिपछि विदेशी खेलाडीको सूचीमा रहेका १० जना पाकिस्तानी खेलाडी चर्चित कबड्डी लिग खेल्नबाट बञ्चित भए ।
लिलामीको ‘बी’ वर्गमा पाकिस्तानका आतिफ वाहिद, नासिर अली, वसिम सज्जाद र हसन राजा सामेल थिए । यसैगरी ‘सी’ वर्गमा अखलाक हुसेन, इबरार हुसेन, अरसलान अहमद, हसन अली, मोहमद इमरान र उस्मान जदालाई सहभागी थिए । प्रो कबड्डी लिगको प्रमोटर कम्पनी मसाल स्पोर्टस्का प्रमुख चारु शर्माले कबड्डी खेललाई लोकप्रिय बनाउनका लागि पाकिस्तानलगायत विभिन्न देशका खेलाडीलाई लिलामीमा राखिए पनि दुई देशबीचको राजनीतिक तनावका कारण पाकिस्तानी खेलाडीको लिलामी नभएको बताए ।
प्रो कबड्डी लिगको पाँचौं संस्करणमा नीतिन तोमर सर्वाधिक महँगा खेलाडी बन्न सफल भए । उनलाई यूपीले ९३ लाख भारुमा आफ्नो टोलीमा भित्र्यायो । बेंगलौर बुल्सका रोहित कुमार ८१ लाख भारतीय रुपैयाँमा बिक्री भए । महँगा खेलाडीको सूचीमा मञ्जित चिल्लर तेस्रो स्थानमा रहे । उनलाई जयपुर पिङ प्यान्थरले साढे ७५ लाख भारुमा भित्र्यायो । यसैगरी सुरजित सिंह ७३ लाख भारुमा बिक्री भए । उनलाई अहिलेसम्म उपाधि जित्न नसकेको बंगाल बारियर्सले टोलीमा भित्रायो । गत वर्ष सम्पन्न विश्वकप विजेता भारतीय टोलीका सदस्य रहेका सुरजितलाई भित्र्याएपछि बंगालले आफ्नो रक्षापंक्ति बलियो भएको जनाएको छ । उनीसँगै सेल्वामणि पनि ७३ लाखमा बलिउड अभिनेता अभिषेक बच्चनको जयपुर टोलीको सदस्य बने । लिलामीमा विभिन्न देशका चार सयभन्दा बढी खेलाडी सहभागी थिए ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget