Websoft University

www.radiomakalu.com || 021-522512


खैरहनी नगरपालिकामा एमाले विजयी



रत्ननगर (चितवन), जेठ ८ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लालमणि चौधरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्र चौधरीलाई ९८४ मतले पछि पार्दै लालमणि विजयी हुनुभएको हो । लालमणिले १० हजार ७१७ मत प्राप्त गर्नुभएको छ भने राजेन्द्र चौधरीले नौ हजार ७३३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया खरेल विजयी हुनुभयो । थपलियाले १० हजार ४५१ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार सुशीलादेवी उप्रेतीले नौ हजार ८८८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार एकराज डल्लाकोटीले तीन हजार १४७ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा रेवती सेढाईंले दुई हजार ९२० मत प्राप्त गर्नुभएको छ ।

खैरहनीको १३ वडा मध्ये एमालेले सातवटा वडामा अध्यक्ष जितेको छ भने नेपाली काँग्रेसले छवटा वडामा जित हासिल गरेको सहायक निर्वाचन अधिकारी एवम् सूचना अधिकारी दिवाकर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १, ६, ७, ८, ९, १०, ११ वडामा एमालेका उम्मेदवार विजयी हुनुभएको छ भने वडा नं २, ३, ४, १२ र १३ वडामा काँग्रेसले वडाध्यक्षमा जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget