Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोगविरुद्व अनेरास्ववियुको आन्दोलन


 महाअभियोगविरुद्व अनेरास्ववियुको आन्दोलन
काठमाडौं  वैशाख १९ गते  ।  प्रधानन्यायाधीश शुशिला कार्कीलाई महाअभियोग लगाएको विरोधमा विद्यार्थी संगठनले आन्दोलन थालेका छन् ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले महाअभियोग प्रस्तावबिरुद्ध आन्दोलनको घोषणा गरेको छ ।
अनेरास्ववियुले स्वतन्त्र न्यायपालिका माथिको नाङ्गो हस्तक्षेप भन्दै बैशाख १९ गते महाअभियोग प्रस्ताबमा हस्ताक्षर गर्ने सांसदहरुलाई अबिलम्ब प्रस्ताव फिर्ता लिन आग्रह गर्दै मोबाइल सन्देश पठाउने भएको छ । त्यस्तै आजै सामाजिक सञ्जालमा जागरण अभियान सञ्चालन सुरु गरेको छ ।

बैशाख२० गते बिहान जागौ जनता नारा सहितको दौड जुलुस,  बैशाख २० गते ३ बजे बानेश्वरमा प्लेकार्ड सहित कालो पट्टीसहित जुलुस गर्ने, वैशाख २१ गते बिहान आर आर क्यापस अगाडि सडक अन्तरक्रिया गर्ने अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो ।
अनेरास्ववियुका नेता माधव पन्तले महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने जानकारी दिनुभयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget