
सुनसरी वैशाख १८ गते । चुनावी अभियानलाई निरन्तरता दिदै नेकपा एमाले धरान उप–महानगरपालिकाले धरान–४ मा रहेको विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम आयोजना गरेको छ । जनताहरुका माग र उनीहरुको गांउमा परेका समस्या र विकासका लागि के कस्ता पहल कदमी चाल्नुपर्ने विषयमा केन्द्रित रहेर शनिवार घरदैलो कार्यक्रम आयोजना गरेको हो ।
सो अभियानमा नेकपा एमाले धरान उप–महानगरका अध्यक्ष तारा सुब्बा एंव स्थानिय निकायको चुनावका लागि धरानको मेयर पद्धमा उम्मेद्धवार दिएका तारा सुब्बा, क्षेत्रिय कमिटि सचिव रेवतीरमण राई, जिल्ला कमिटि सदस्य जय कुमार राई, नेकपा एमाले धरान उपमहानगर कमिटिका उपाध्यक्ष नारायण प्रसाद सुवेदी ेलगायतका युवा तथा पार्टीका पदाधिकारीहरुको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
एमालेले धरान–४ स्थित कन्यापोखरी ढाडे गांउ र जामुने टोलमा पुगी चुनावी अभियानलाई अझ प्रचारप्रसारसंगै पार्टीका एजेण्डा र जनताका हितका लागि आगामि दिनमा के–कस्ता कार्यक्रमहरु आयोजना हुने बारेमा जानकारी गराएका थिए । चुनावी अभियानमा बोल्दै अभियानमा नेकपा एमाले धरान उप–महानगरका अध्यक्ष तारा सुब्बाले जामुने गांउमा बाटोको समस्या धेरै नै दखिएकोले चुनावमा आफु जिते या नजितेपनि त्यो समस्या समाधान गरिदिने प्रतिबद्धता जनाए । उनले भने–‘यस क्षेत्रमा बाटोको समस्या देखे र खानेपानीको पाईपलाईनको समस्या पनि छ ।
यदी चुनाव नभएको खण्डमा पनि यी दुई समस्या समाधान गर्न म लाग्छु । साथै चुनावमा मैले मेयर पद जिते भने धरानलाई पर्यटनको शहर बनाउने मेरो योजना छ । यसमा सबैको साथ र सहयोगको भने खांचो छ ।’ एक अर्को प्रसंगमा उनले भने–‘एमाले पार्टी भनेको गरी दुखी र धेरै कुरामा पछाडी पारिएका जनताहरुको पार्टी हो । त्यसैले यस पार्टीलाई जिताएर देशको विकास गर्न गराउन हामीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने दिन आएको छ ।
हाम्रा माग र हाम्रा समस्याहरु अब हुने स्थानिय तहको निर्वाचनले मात्रै गर्न सक्छ ।’ सो अवसरमा ४ नम्बर वडाका अध्यक्ष पद्धका उम्मेद्धवार मान बहादुर राईले भने–‘यस क्षेत्रमा नेकपा एमालेको महत्वपुर्ण योगदान रहेको छ । अबका दिनमा यस क्षेत्रको विकासका निम्ति एमालेलाई विश्वास गरेर सुर्य चिन्हमा भोट हाल्ने दिन आएको छ ।’ यसैबिच, नेकपा एमालेका धरान–४ का वडा गांउ कमिटिका सचिव गोरशमान मगरका आमाको गत बैशाख–१४ गते असामयिक निधन भएको थियो । सो परिवारका निज निवसमा गएर संवेदना पत्र समेत वितरण गरिएको थियो ।-लक्ष्मी दर्नाल
Post a Comment