Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकी पूर्वराष्ट्रपति बुश अझै अस्पतालमै


अमेरिकी पूर्वराष्ट्रपति बुश अझै अस्पतालमै

हाउस्टन (टेक्सास) : अचानक अस्वस्थभै गत शुक्रबार उपचारार्थ भर्ना गरिनु भएका अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत रहनु भएको छ । उहाँको स्वास्थ स्थितिको जानकारी लिन उहाँकाँ छोरा, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुग्नुभएको थियो ।
९२ बर्षीय पूर्वराष्ट्रपति बुशलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुर्याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उहाँलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।

बयोबृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारीरिक शिथिलतामा कमी आएको, आराम महसूस भइ फूर्ति बढ्नुका साथै उहाँको स्वास्थस्थितिमा क्रमिक सुधार आई हिजो बिहीबारसम्म स्थिर रहेको थियो ।

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म - दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हाल्नु भएको थियो । रासस /एपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget