Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाको विधान सच्याउने निर्णयबाट पछि हट्यो निर्वाचन आयोग

राप्रपाको विधान सच्याउने निर्णयबाट पछि हट्यो निर्वाचन आयोग


                                       विधानमा राजतन्त्र र हिन्दु राष्ट्र सुरक्षित


काठमाडौं   वैशाख ७ गते । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पाटीको विधानबाट राजतन्त्र र हिन्दु राष्ट्र सम्बन्धी शब्दावली हटाउने विषयमा गरेको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने भएको छ।
सत्तारुढ दल राप्रपाको दबाबपछि निर्वाचन आयोगले तत्कालका लागि उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउदै आएको राप्रपाले पार्टीको अनुरोधलाई दृष्टिगत गरेर उक्त निर्णय कार्यान्वन नगर्ने निर्णय गरेको बताएको छ।
आयोगको यो निर्णयसँगै राप्रपाले आयोगविरुद्ध गर्दै आएका आन्दोलनका कार्यकम समेत फिर्ता लिएको छ। निर्वाचन अयोगले राप्रपाको प्रस्तावना र उद्देश्यमा रहेको ‘सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र’ एवम् ‘राजसंस्थासहितको लोकतन्त्र’ भन्ने वाक्य हटाउने निर्णय गरेको थियो। उक्त निर्णयको चर्को विरोध भएपछि राजनीतिक वातावरणलाई सामान्य बनाउन निर्वाचन आयोगले चैत २ गते गरेको उक्त निर्णय तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
‘स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय हाल कार्यान्वयन नगर्ने निर्णय गरेको तथ्य समेत दृष्टिगत गर्दै पार्टीले संचालन गर्ने संघर्षको कार्यक्रम अहिलेलाई स्थगित गरिएको छ’, आयोगको निर्णयपछि राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘ यद्यपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने छ र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाइने छ।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget