Websoft University

www.radiomakalu.com || 021-522512


बजेट अघि निर्वाचन सम्पन्न गर्न एमालेको माग



काठमाडौं, वैशाख १३ गते । नेकपा एमालेले बजेट अघि नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।


एमालेले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र पवित्रता कायम राख्न भन्दै बजेट अघि नै निर्वाचन सम्पन्न गर्न आयोगसँग माग गरेको हो ।

बुधबार एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीले आयोगका पदाधिकारीसँग सामूहिक भेटगरी निर्वाचन आचारसंहिताको पालना गर्ने निकायबाटै बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न मिल्ने अभिव्यक्ति आउनु दुःखद भएको बताएको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेश गरेर पनि निर्वाचनमा जान सकिने निर्वाचन आयोगका पदाधिकारीहरुको अभिव्यक्ति आएको थियो ।

सोही सम्बन्धमा केन्दि्रत रहेर एमालेले बजेटपछि हुने निर्वाचनबाट देश र जनता हार्ने भएकाले त्यसमा पुनर्विचार गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

एमालेले निर्वाचनका लागि हुने कुनै पनि परामर्शमा आफ्नो पार्टीलाई सहभागी गराउन पनि निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

दुई चरणमा निर्वाचन गर्ने निर्णय गर्दा आयोगले आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै एमालेले गुनासो गर्दै आएको छ ।

एमालेले निर्वाचन आचारसंहिताको अनुगमन गर्न नेवाङ नेतृत्वको समितिनै बनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget