Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ शक्तिले माग्यो चुनावको प्रतिवद्धताका लागि सुझाव

 नयाँ शक्तिले माग्यो चुनावको प्रतिवद्धताका लागि सुझाव

काठमाडौं,  चैत  २७ गते ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र लेखन थालेको छ ।
नयाँ शक्ति पार्टी, नेपालको संसदीय मामिला विभाग संयोजक केशव दाहालको संयोजकत्वमा बनेको प्रतिवद्धतापत्र मस्यौदा समितिले प्रतिवद्धतापत्र लेखन कार्य थालेको हो । समितिले प्रतिवद्धतापत्रका लागि जनताको सुझाव माग गरेको छ ।
विकास र समृद्धिको मुख्य लक्ष्यका साथ आगामी निर्वाचनमा जनता माझ जाने निर्णय नयाँ शक्तिले गरेको हो । लोकतन्त्र, समावेशी विकास, सुशासन, सदाचार, स्वाधीनता र समुन्नत समाजवादको युगीन दायित्वसाथ आफ्ना राजनीतिक अभियानहरु सञ्चालन भइरहेको नयाँ शक्तिले जनाएको छ ।
‘आगामी निर्वाचनमा हामी जनताको मतबाटै देशको समृद्धिको खाका कोर्न चाहन्छौं त्यसका लागि पार्टीको प्रतिवद्धतापत्रको मस्यौदा लेखनकार्य सुरु गरिएको छ’, संयोजक दाहालले सुझाव माग्दै भन्नुभएको छ, ‘हाम्रो प्रतिवद्धतामा समेट्नुपर्ने तपाईंहरुका सुझावहरु के के छन् ? हामीले उठाउनुपर्ने जनताका आधारभूत मुद्दाहरु के हुन् ? के कस्ता विषयहरुमा हामीले काम गर्नुपर्छ ? यस्ता विषयहरुमा हामी तपाईंहरुको तर्फबाट सुझाव चाहन्छौं ।’
नयाँ शक्ति नेपालले इमेल मार्फत् सुझाव दिन सबैलाई आग्रह गरेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget