Websoft University

www.radiomakalu.com || 021-522512


टेलिभिजन र रेडियो नियमन गर्न छुट्टै निकाय ः सञ्चारमन्त्री

neta

काठमाडौँ,  चैत २४ गते । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिभिजन र रेडियोको सञ्चालन अनुमति तथा नियमन गर्नका लागि छुट्टै निकायको आवश्यकता भएको बताउनुभएको छ ।

प्रविधि पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘प्रविधियुक्त टेलिभिजनको आवश्यकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले मन्त्रालयबाट टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमन गर्न सम्भव नभएकाले अधिकार प्राप्त छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

neta“मन्त्रालयअन्तर्गतको अलग्गै विभाग बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो – “अनि विभागले टेलिभिजन र रेडियोको सबै काम गर्छन् ।”

मन्त्री कार्कीले संसारमा बढिरहेको प्रविधिको गतिअनुसार नेपालमा तयारी नभएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले २०७४ साल वैशाख १५ गतेसम्म महानगर र २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई प्रविधियुक्त टेलिभिजनमा लैजाने जानकारी गराउनुभयो ।

मन्त्रालयले केवल टेलिभिजनलाई प्रविधियुक्तमा लैजानका लागि विसं २०७१ कात्तिकबाट केवल टेलिभिजनको सञ्चालनको अनुमतिपत्र बन्द गरेको छ ।
कार्यक्रममा केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधीर पराजुलीले प्रविधिको युगमा केवल टेलिभिजनको विकल्पमा प्रविधियुक्त टेलिभिजनको आवश्यकता रहेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget