Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाबारे सि जिनपिङ र ट्रम्पबीच टेलिफोन संवाद




वासिङटन,  – चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र उत्तर कोरियाबारे बुधबार टेलिफोनमार्फत छलफल गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

ट्रम्पले बारम्बार चीनलाई आफ्नो छिमेकी उत्तर कोरियाको क्षेप्यास्त्र र परमाणु कार्यक्रम नियन्त्रण गर्नका लागि कदम चाल्न आग्रह गर्दै आएका थिए ।

हालै मात्र अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत समेत बताएको थियो ।


टेलिफोन संवादपछि ट्रम्पले आफ्नो ट्वीटरमा उत्तर कोरियबारे ट्वीट गरेका थिए ।

उनले लेखेका छन्, ‘मैले चिनियाँ राष्ट्रपतिलाई उत्तर कोरियाको समस्या समाधान गरे, अमेरिकासँग व्यापार सम्झौता झन् राम्रो हुने सुझाएँ ।’

उनले थप लेखेका छन्,,, ‘उत्तर कोरियाले समस्या निम्ताइरहेको छ । यदी चीनले सहयोग गर्छ भने त्यो राम्रो हो । यदी होइन भने, हामी त्यो समस्या आफै समाधान गर्छौं ।’

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा राष्ट्रपति सीले चीनले कोरियाली प्रायद्वीपलाई परमाणुरहित बनाउन चाहेको कुरा दोहोराएको र शान्ति र स्थायित्वका लागि आह्वान गरेको उल्लेख गरेका छन् ।

‘चीन यो मामिला शान्तिपूर्ण तरिकाले सुल्झाउने पक्षमा रहेको छ र यसका लागि कोरियाली प्रायद्वीपबारे अमेरिकासँग संवाद र सहकार्य गर्न तयार रहेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
दुई नेताबीच गत हप्ता फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो इस्टेटमा डिनर छलफल भएको थियो ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget