Websoft University

www.radiomakalu.com || 021-522512


बिराटनगर किङ्ग्स फाइनलमा, रुपन्देही २९ रनले हार्‍यो




 रुपन्देही च्यालेन्सर्जलाई पन्छाउँदै बिराटनगर किङ्ग्स धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा पुगेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा शरद भेषावकरको टिम बिराटनगरले शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराएको हो ।

तर, रुपन्देही अझै एक मौका पाउनेछ । उसले फाइनल प्रवेशका लागि काठमाडौं गोल्डेन्स र धनगढी टिम चौराहको बिजेतासँग खेल्नेछ र, यो खेलको विजेताले फाइनल खेल्नेछ ।

टस जितेर ब्याटिङ रोजेको बिराटनगर किङ्ग्सले २० ओभरमा १२८ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।

उसका लागि विक्रम शोवले २३ र पुष्प थापाले २२ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सुशील कँडेलले ४ ओभरमा १५ रन खर्चिएर ४ विकेट लिए । उसका कुनै पनि बलर विकेट विहीन रहेनन् । सन्दिप लामिछानेले २ विकेट लिए भने पवन शर्रार्फ, जितेन्द्र मुखिया, दिपेन्द्र सिंह ऐरी र प्रकाश विष्टले समान १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बिराटनगर किङ्ग्सले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । उसका लागि आशिफ शेखले ३६ रनको महत्वपूर्ण पारी खेले भने शरद भेषावकरले २४ र पवन शरार्फले १५ रनको योगदान दिए ।

रुपन्देहीका शक्ति गौचनले २ र दिपेश श्रेष्ठले २ विकेट लिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget